मनिष दाहाल
आफुलाई सुन्दर बनाउन नेपाली नायिकाहरु पनि बजारमा धेरै खर्च गर्ने गरेका छन् । अझ नेपाली सिनेमाका नायिकाहरुको खर्च अरुको भन्दा केहि गुणा बढि नै हुने गर्छ । अभिनेत्रीहरू आफ्नो सुन्दरताप्रति निकै सचेत हुने गर्छन। छालामा असर पर्ला कि भन्ने डरले उनीहरू सौन्दर्यका सामग्री समेत नियमित रूपमा एउटै कम्पनीको प्रयोग गर्ने गर्छन् । मुहार सुन्दर बनाउन आफूहरूले सक्दो ध्यान पुर्याउने गरेको अभिनेत्रीहरूको कथन छ । शृंगारमा अभिनेत्रीहरूको भनाइ र महिनाको कति खर्च हुन्छ होला यो सबैको खुलदुलीको विषय बन्छ ।
त्यस्तै सुन्दर बन्ने भिडकी एक नायिका रूपा खनाल ‘विशाखा’ आफुले अहिलेसम्म मुहारको फेसियल गर्नुनपरेको बताउछिन् । फेसप्याक पनि लगाउनुपरेको उनको कथन छ । आफु प्रायजसो लोटसको क्रिम र ओलिफेमका अन्य सौन्दर्य प्रशोधन सामग्री प्रयोग गर्ने गरेको बताइन । उनले मासिक करिब ४ हजार रुपैयाँको सौन्दर्य प्रशोधनमा खर्च गर्ने गरेकी छिन् ।
त्यस्तै बजारमा राम्रो चर्चा कमाउदै गएकी र चलचित्रक्षेत्रबाट टाढा भइसकेकी नायिका सुमिना घिमिरे आफु घरबाट बाहिर निस्कदाँ प्रायः फाउन्डेसन लगाएर निक्लने गरेको बताउछिन् । आफु सधै कस्मेटिक ब्रान्डप्रति साह्रै सचेत रहेको बताइन्। उनको सौन्दर्य प्रशोधन र सुन्दरतामा मासिक ५ हजार रुपैयाँसम्म खर्च हुने गरेको उनको भनाइ छ ।
कहिले काहि निकै विवादमा तानिने नायिका शुभेच्छा थापा आफु मुहार सुन्दर राख्न हरेक १५ दिनमा घरमै मुहारको ‘फेसियल’ गर्ने गरेकी बताउछिन् । आफु प्रशोधन सामग्रीको ब्रान्डप्रति निकै सचेत रहेकी बताउने शुभेच्छा अनुहारको अनावश्यक छाला हटाउन महिनामा एक पटक ‘गोल्ड ब्लिज’ जाने गरेका बताउछिन् । उनको पनि सुन्दरताका लागि मासिक रूपमा ५ देखी ६ हजार सम्म खर्च हुने गरेको उनको भनाई छ ।
केहि सञ्चार माध्यमको अन्तर्वाताले धेरै पटक क्लिकमा आउने गरेकी अभिनेत्री विनिता घिमिरे आफु सुन्दर बन्न महिनामा एक पटक ब्युटी पार्लर गएर फेसियल गर्ने गरेकी बताउछिन् । आफु सधै ओले ‘ब्रान्ड’ क्रिमहरू मात्र प्रयोग गर्ने गरेको बताइन् । सौन्दर्य प्रशोधन सामग्री र मुहारलाई सुन्दर राख्न मासिक ४ हजार रुपैयाँसम्म खर्च गर्ने गरेको बताइन ।
प्रतिक्रिया