क्याननको डिएसएलआर क्यामरा सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७२, बिहीबार १४:०१

cameraक्याननले दुईटा नयाँ फुलफ्रेम डिएसएलआर क्यामरा सार्वजनिक गरेको छ। इओएस ५ डिएस र इओएस ५ डिएसआर नाम दिइएको यी दुवै क्यामरा सबैभन्दा बढी रिजोलुशन भएका क्यामरा मध्ये एक हुन्। यी क्यामराबाट व्यवसायिक, स्टूडियो, पोर्टेट, ल्याण्डस्केप, आर्किटेक्चरल, हाई–रिजोलुशन अल्ट्रा फोटोहरु खिच्न सकिन्छ। इओएस ५ डिएसको मूल्य २ लाख ५२ हजार ९ सय ९५ भारतीय रुपैयाँ र इओएस ५ डिएसआरको मूल्य २ लाख ६५ हजार ९ सय ९५ भारतीय रुपैयाँ पर्ने बताइएको छ। यी दुई क्यामराका साथमा कम्पनीले एक्ससि१० ४के प्रोफेसनल भिडियो क्यामरा पनि सार्वजनिक गरेको छ। यो हलुका छ र यसले ४के फुल एचडि भिडियो खिच्छ। यसको मूल्य १ लाख ७० हजार भारतीय रुपैयाँ पर्ने बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१