बैशाख १२ गते गएको भूकम्पबाट यति बेला उपत्यका बाहिरको मात्र होइन उपत्यका भित्रको जवजीवन पनि अस्तव्यस्त भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार काठमाडौंमा भूकम्पबाट करिब ४० देखी ५० हजार घरमा बस्न नमिल्ने गरि क्षती भएको छ । यो अवस्थामा कालोबजारी गर्ने देखी विभिन्न माफियाहरु निकै मौलाइरहेका छन् । कतैं पानीमा ठगी भइरहेको छ त कतैं पालमा कालोबजारी त्यसैले पनि अहिले काठमाडौंको सुरक्षा व्यबस्था निकै कडा पारिएको छ । यसै सन्दर्भमा काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडियो ) एक नारायण अर्यालसँग हाम्रा सहकर्मी मनिष दाहालले गर्नुभएको कुराकानी :
१.तपाई काठमाडौं आइसकेपछि तपाईले गर्नुभएको काम र हाल के कस्ता काममा व्यस्त हुनुहुन्छ ?
म काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएर २०७१ मंसिर १ गते आएको हुँ । त्यति बेला सार्क सम्मेलनको तयारी थियो । त्यति बेला एकदमैं सुरक्षाको व्यबस्था मिलाउनु पर्ने चुनौती थियो । उपत्यकामा पाहुनाहरुलाई राख्ने व्यबस्था,सुरक्षाको व्यबस्था गर्ने पर्ने थियो । र माघ ८ मा जुन संविधान आउनु पर्ने भनिएको थियो त्यसका लागी पनि सुरक्षाको व्यबस्था मिलाउने काम थियो । संविधानको विषयलाई लिएर केहि राजनितिक दलका पार्टीहरुले आन्दोलन गरे र त्यसबाट धनजनको क्षती हुन नदिन हामीले काम गर्यौं । र ति दिनहरु पनि हाम्रा लागी निकै चुनौती रहे । त्यसपछि भूकम्पको कुरा आयो । हामीले बैशाख १२ गते देखी निरन्तर जनताको सेवामा लागी रह्यौं । म आउँनु भन्दा अगाडी अर्थात मंसिर १ गते भन्दा अगाडी यहाँ आउनेहरुलाई पनि सोध्न सक्नु हुन्छ पहिला कस्तो थियो र अहिले कस्तो भयो भनेर किनकी अहिले हामीले ५ हजार व्यक्तिलाई दैनिक सेवा दिनुपर्छ भन्ने हिसाबले विभिन्न कामहरु गरिरहेका छौं । त्यसमा व्यबस्थापन देखी सरल ढंगले काम गर्न सम्म पर्छ । अर्को कुरा सार्वजनिक जग्गाको अभिलेखिकरण गर्ने कुरामा पनि हामीले विशेष ध्यान दिएका छौं । म यहाँ आउँनु भन्दा अगाडी जिल्ला प्रशासन काठमाडौंमा ३७ सय सार्वजनिक मुद्धाहरु थिए । र हिजो सम्मको मलाई जानकारी भए अनुसार २९ सय जतिको मुद्धा टुङ्गगो लागिसकेको छ ।
३७ सय मुद्धामा चाहि कालोबजारी,सार्वजनिक मुद्धाहरु थिए । र यहि भूकम्पको बेला पनि हामीले १९ जना व्यापारिलाई कारर्वाहि गरिसकेका छौं ।
२.भूकम्पपछि काठमाडौंको अवस्था र राहतमा कसरी काम गरिरहनु भएको छ ?
यो मेरो लागी नयाँ अनुभव थियो । मैले यो चुनौतीलाई पनि सहज रुपमै लैजाने प्रयास गरे र सफल पनि भएको छु । अहिले काठमाडौंको जनजीवन सामान्यतर्फ लम्कदैं छ । यो बेला हामीले राहतमा एकद्धार प्रणाली अपनायौं र हामी कहाँ जति राहत आएको छ त्यो हामीले नगरपालिकामा पठायौं ।
३.तपाईहरुले जसरी एकद्धार प्रणाली अपनाउनु भयो त्यसपछि धेरै राहतहरु फ्यालियो,कुहियो अनि पहुँचवालाहरुले मात्र पाएँ भन्ने छ नी ?
काठमाडौंको हकमा यो विल्कुलैं छैंन । काठमाडौंमा कुनै पनि राहत सामाग्री कुहिएको छैंन्,फ्यालिएको छैंन । अब यो विषयमा कसले धेरै चामल लियो,कसले लग्यो भन्ने ठुलो कुरा हुन्छ । अब खाद्यान्न यहाँ थुप्रियो,यहाँ फ्यालियो,पहुँचवालाहरुले मात्र पाएँ तर कसले पाएँ भन्ने कुरा महत्वपुर्ण हुन्छ । त्यसको जानकारी त हामी कहाँ आउँनु पर्यो नी ? हामीलाई यसले राहत पाएको छ भन्ने कुरा जानकारीमा आयो भने हामीले कारर्वाहि गर्ने हो तर त्यसरी अहिलेसम्म आएको छैंन् । तर यो काठमाडौंको हकमा भने छैंन । काठमाडौंमा के चाहि हुन सक्छ भने हामीले एकद्धार प्रणाली लगाए पनि यहाँ हामीलाई कुनै पनि जानकारी नदिइकन विभिन्न संघ संस्थाहरुले राहत बाडेका छन् त्यो बेला चाहि पहुँचवालाहरुले,वास्तविक पीडित नभएकाहरुले पाएका होलान तर सरकारले बाँडेको राहतमा त्यस्तो काहि पनि भएको छैंन् ।
४.त्यसो भए सरकारी निकायबाट गएको राहतमा चलखेल,राहत फ्यालिएको,पुहँचवालाहरुले मात्र पाएको भन्ने खबर गलत हो ?
म दावाका साथ भन्न सक्छु सरकारी निकायबाट गएको राहतमा कुनै पनि चलखेल,हिनामिना,पुहँचवालाले पाउने काम भएको छैंन । वास्तविक पीडितहरुले मात्र राहत पाएका छन् ।
५.अब तपाईले काठमाडौंमा गर्नु पर्ने काम के छन् र चुनौती के के रहेका छन् ?
अब चुनौतीको कुरा गर्दा भूकम्प पछि अब हामीले पुर्वधारको कुरामा ध्यान दिनु पर्छ । हामीलाई प्राप्त भएको जानकारी अनुसार भूकम्पले ४० देखी ५० घरमा क्षती भएका छन् । र उहाँहरुलाई बासस्थानको व्यबस्था मिलाउनु पर्ने अवस्था छ । विद्यालयमा क्षती पुगेका छन्,सरकारी भवनहरुको पुर्ननिर्माण गर्नु पर्ने अबस्था छ त्यसैले अहिले यि चुनौती रहेका छन् । अर्को कुरा के छ भने अब संविधान निर्माण हुने बेला छ । ४ ठुला दलहरुले सहमती गरे तर केहि साना दलहरुसँग अझै पनि सहमती हुन सकेको छैंन । भोलीका दिनमा उनीहरुले आन्दोलन गरे भने त्यसको सुरक्षा व्यबस्थामा पनि हामीले ध्यान दिनु पर्छ । अब चाडैं काठमाडौंमा दाताहरुको सम्मेलन हुदैंछ त्यहाँको सुरक्षाको कुराहरुलाई पनि अहिले चुनौतीको रुपमा दिएका छौं ।
प्रतिक्रियाका लागी समाचार शाखा
मुकुन्द ढुङगाना : ९८५१०१८९२३ (प्रधान सम्पादक
कल्पना दंगाल : ९८५१०३१३६४ (सम्पादक)
मनिष दाहाल : ९८४३७९८६९४ (सह—सम्पादक)
प्रतिक्रिया