विद्यार्थी एक्कासी बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७२, बिहीबार १०:२६

पर्वत, २८ जेठ । विद्यार्थी एक्कासी बेहोस हुन् थालेपछि पर्वतको एक विद्यालय बन्द गरिएको छ । पर्वत जिल्लाको लुंखुदेउराली गाविसमा रहेको महेन्द्रज्योति उच्च माविका विद्यार्थी एक्कासी बेहोस भएर ढलेपछि विद्यालयको पठनपाठन बुधवार दिउँसोदेखि बन्द गरिएको हो ।

दिउँसो कक्षा चलिरहेका बेला कक्षा ८ र ९ का १५ जना विद्यार्थी बेहोस भएर ढलेका हुन् । उनीहरुलाई तत्कालै स्थानीय लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिएको र अहिले अवस्था सामान्य रहेको अभिभावक जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो । उनीहरुलाई अत्याधिक गर्मी र मास हिस्टेरीयाको समेत लक्षण देखिएको स्वास्थ्य केन्द्रका अहेव नरवहादुर बरालले बताउनुभयो । बेहोस भएका सवै छात्रालाई अभिभावकको जिम्मा लगाइएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१