नेपाली सिनेमाका दुई महंगा डन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७२, बुधबार १४:३४

मनिष दाहाल,

डन भन्ने वितिकै नेपाली समाजमा एउटा नराम्रो काम गर्नेलाई बुझिन्छ तर त्यो नभई विभिन्न सामाजिक काम सगै अरु काम गरि राम्रो छवि बनाएका विभिन्न व्यक्तिहरुलाई पनि यहि समाजमा राम्रो डनको नाम दिइन्छ । कुरा हो नेपाली सिनेमाका चल्दा बल्दा नायकका । नेपाली सिनेमामा सबैले मन पराएका नाम मध्य दुई नाम मात्र सुन्न पाइन्छ ति हुन नायक आर्यन सिग्देल र जिवन लुइटेल । रेखा थापाको चलचित्र ‘किस्मत’बाट एक रुपैयाँ पनि नलिई रंगिन दुनियाँमा प्रवेश गरेक नायक आर्यन सिग्देन अहिलेका निकै राम्रा अभिनय गर्ने र निकै व्यस्त हुने नायक मध्ये एक पर्दछन् । पहिलो चलचित्र किस्मतको राम्रो व्यापार भए पछि एका एक राम्रो छवि बनाएका आर्यनको माग अहिले जता त्यतै छ ।

aryan and jiपछिल्लो समय नायकहरु मध्य धेरै रकम लिई सिनेमा खेल्ने नायकका रुपमा पनि चिनिन्छन् आर्यन सिग्देल । एउटा चलचित्र सक्दा सम्म उनले कम्तीमा पनि ५ लाख सम्म लिने गरेका चलचित्रका जानकारहरु बताउछन् । चलचित्रमा लब प्याटनका चलचित्र खेल्ने आर्यनको राम्रो माग भइरहेको अबस्थामा उनको भोलीको चलचित्रको यात्रा राम्रो देखिन्छ । त्यस्तै नेपाली सिनेमा क्षेत्रमा आफुलाई राम्रो नायका रुपमा स्थापित गराएका नायक हुन जिवन लुइटेल । विकास आर्चायको चलचित्र ‘नसिब आफनो’ बाट विना परिश्रमिक चलचित्रमा प्रवेस गरेका नायक जिवन लुइटेल अहिलेका निकै चर्चित नायकका रुपमा चिनिन्छन् । ‘सिम्पल सिम्पल कान्छी’ र ‘नाइ नभन्नु ल’ बोलको गीतबाट दर्शक माझ ‘नोटिस’ मा परेका जिवनको चलचित्रको भाउ पनि आर्यन भन्दा कम छैन । उनको पनि पछिल्लो समयमा चलचित्रको भाउ साडे चार लाख पुगेको अधिकारीहरु बताउछन् । मालतीको भट्टी’, ‘नोटवुक’ जस्ता फिल्मले जीवनको पारिश्रमिक मूल्य ह्वात्तै बढाएको निर्माताहरु बताउछन् । पछिल्लो समयमा ‘नाइ नभन्नु ल २’ को चलचित्रले जिवनको बजारमा अझ राम्रो माग हुने बताइएको छ । यसरी चलचित्रमा राम्रा छवि बनाएका यि दुई महंगा डनको भोलीका भविस्य राम्रो देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१