काठमाडौं,२७ जेठ । राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा बुधवार निधन भएको छ । पंचायतकालका चर्चित महापंच एबं पूर्वमन्त्री पद्मसुन्दर लावतीको नर्भिक अस्पतालमा निधन भएको हो । पाँचथर जिल्लाबाट पञ्चायत र बहुदलमा समेत सांसद जितेका लावतीका छोरी सगुन लावती राप्रपा नेपालका नेता हुन् भने बुहारी बबिना मोक्तान राप्रपा नेपालबाटै सभासद छिन् । पंचायती ब्यबस्थामा जनताका दुखसुख बुझ्ने जन पक्षधर नेतामा गनिएका साधा जीवन उच्च बिचार राख्ने पद्मसुन्दर लावती आफ्नो भन्दा देश र जनताको बारेमा बढी चिन्तनशील मानिन्थे । पंचायती ब्यबस्थाका भ्रष्टाचार बिरोधी, सामाजिक सुधारका पक्षधर निष्कलंक व्यक्ति, जसले आफू गृह मन्त्री हुँदा २०४० सालमा बिबाहमा ५१ जना जन्ती, दुलाहा-दुलहीलाई बिहेमा तीनरतीन तोला मात्र सुन, ११ जना बाजावालाको व्यवस्था लागु गर्ने कोसिस गरेर बिबाहमा हुने फजुल खर्च र तडक भडक रोक्ने कोसिस गरेका थिए।
प्रतिक्रिया