काठमाडौं,२७ जेठ । उत्तर अमेरिकाको सर्बोच्च शिखर आरोहणको तयारीमा रहेका बिश्व पर्बतारोही एवं अल्ट्रा धावक संजय पण्डितलाई न्युयोर्क बस्ने समाजसेवी कृष्ण बहादुर बिस्टले २ हजार डलर (करिब २ लाख) प्रदान गर्नुभएको छ । वुधबार न्युयोर्कको रिज्वूदमा आयोजित कार्यक्रममा उक्त रकम हस्तारन्तरण गरिएको हो । सात महादेशका सातै सर्वोच्च शिखर आरोहणको कीर्तिमान बनाउने तयारीमा रहेका पण्डितले यसअघि एसियाको सगरमाथा, मनास्लु, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो, यूरोपको उच्च शिखर माउण्ट एलव्रुस, अष्ट्रेलियाको माउण्ट कोजिअस्को र दक्षिण अमेरिकाको माउण्ट एकान्कोगुवा सफलता पूर्वक आरोहण गरिसकेका छन् ।
एउटा युवाले राष्ट्रलाई चिनाउन यस्तो उत्साहक साथ बिश्वसामु आउनु खुसी खुसीको कुरा रहेको कृष्ण बहादुर बिस्टले बताउनुभएको थियो । उहाँले अगाडी भन्नु भयो -‘मैले धनले होइन मनले मात्र सहयोग गरेको हुँ ।’ उहाँले संजय पण्डित देशको गहना भएको कुरामा एउटा नेपालीलाई गर्बका साथ छाप परेको बताउनुभयो । सोहि कार्यक्रममा बोल्दैं पण्डितले भने -‘अमेरिकाको डेनाली आरोहण जीवनको एउटा अवस्मरणीय क्षण मानी रहेको छु ।’ भुकम्पबाट मारिएकाको सम्झना प्रति यो आरोहण समपर्ण गर्ने पनि उनले खुलाए । उनि जून २३ मा न्यूयोर्क देखि अलास्का प्रस्तान गर्दैछन् ।
प्रतिक्रिया