सभासद् शान्ता चौधरी कक्षा ८ मा भर्ना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७२, बुधबार १२:३४

santaदाङ, २७ जेठ । पूर्व सभासद् शान्ता चौधरी उच्च मावि डाँडा गाउँमा कक्षा ८ मा भर्ना हुनुभएको छ । पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै उहाँ स्कुल भर्ना हुनुभएको हो । चौधरी पूर्व कम्लहरीसमेत हुनुहुन्छ । पैँतीस वर्षीया शान्ताका श्रीमान् वैदेशिक रोजगारका सिलसिलामा खाडी मुलुकमा हुनुहुन्छ । उहाँका दुई छोराछोरीमध्ये छोरा कक्षा ९ मा र छोरी कक्षा ७ मा काठमाडौँमा एक निजी विद्यालयमा अध्ययनरत छन् ।

चौधरी नेकपा एमालेका नेतासमेत हुनुहुन्छ । उहाँले पहिलो संविधानसभामा एमालेबाट सभासद् बन्नु भएपछि प्राकृतिक स्रोत व्यवस्थापन समितिका संयोजक रहनुभएको थियो । उहाँले ‘कम्लहरीदेखि सभासद्सम्म’ भन्ने पुस्तक प्रकाशन गरेर राष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१