एकै पटक बाख्राले पाँचवटा पाठापाठी जन्माए पछि….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७२, बुधबार १२:१६

एउटा माउ बाख्राले कतिवटा पाठा पाउँछ होला । जो कोहीले भन्ने गर्छन्, दुईवटा बढीमा तीनवटा तर आमचोकमा मङ्गलबार बिहान बाख्राले पाँचवटा पाठापाठी जन्माएको छ ।

bakharaआमचोक– ५ मा बेदप्रसाद लामिछानेले पालेको पाल्नुभएको स्थानीय जातको बाख्राले पाठापाठी पाएको हो । बाख्राले पाँचवटा पाठापाठी जन्माएपछि हेर्न आउनेको भीड लागेको छ । बाख्राले चारवटा पाठा र एउटा पाठीलाई जन्म दिएको हो । पाँचवटै पाठापाठी सकुशल रहेको लामिछानेले बताए । पाठापाठीलाई माउको दूधले नपुगेर दूधदानीबाट गाईको दूध खुवाउन थालिएको छ । गाउँमा यसरी बाख्राले पाँचवटा पाठापाठी पाएको पहिलो पटक देखेको स्थानीयवासी लक्ष्मण घतानी बताउँछन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१