ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुन्छ : उद्योगमन्त्री महेश बस्नेत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७२, बुधबार ११:३५

काठमाडौं,२७ जेठ । उद्योगमन्त्री महेश बस्नेतले एक महिना भित्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने दावी गरेका छन् । सिन्धुपाल्चोकको ज्यामीरेस्थित जनता माविलाई जस्तापाताद्वारा निर्मित शिक्षण कोठा हस्तान्तरण गर्दै मन्त्री बस्नेतले राष्ट्रिय सरकारको नेतृत्व गर्ने पालो एमालेकै भएको बताएका छन् । उनले देशको पुनःनिर्माणको कामको थालनी ओली नेतृत्वको सरकारबाट मात्र सम्भव भएको दावी गरेका छन् । उनले भने, ‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने पालो एमालेकै हो । पार्टी अध्यक्ष केपी ओली नै त्यसको पहिलो दाबेदार हुनुहुन्छ । देशको पुर्ननिर्माणको आरम्भ ओली नेतृत्व सरकारबाट मात्र सम्भव छ ।’ एमालेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान अन्तर्गत युवा संघ नेपालको टोली नं.१ सिन्धुपाल्चोक क्षेत्र नं.३ ले निर्माण गरेका उक्त कक्षा कोठाहरू मन्त्री बस्नेतले हस्तान्तरण गरेका हुन् ।

Mahesh-Basnet1मन्त्री बस्नेतले भूकम्पको कहालीलाग्दो क्षण बिर्सेर अब भग्नावषेशबाट उठ्न जरुरी रहेको बताए । उनले आफ्नै स्वदेशी सीप र साधनलाई प्रयोग गरेर तत्काल बस्न हुने घर विद्यालय निर्माण गर्नुपर्ने बताउँदै यो समय राष्ट्रको पुर्ननिर्माणको भएको बताएका छन् ।
उनले भने, ‘भविष्यमा भूकम्पका कारण हुनसक्ने जोखिमलाई समेत ध्यानमा राखेर संरचना निर्माण गर्नु पर्दछ । यस कुरामा सबै राजनीतिक दलहरू सजग हुनु पर्दछ र सरकारले यसको अगुवाई गर्नु पर्दछ ।’ उनले देश आपदमा परेको बेलामा सबै जनता धैर्य गरी एकआपसमा सहयोगको भावनाले अघि बढ्नुपर्ने बताए । सिन्धुपाल्चोक क्षेत्र नं.३ का सभासद शेरबहादुर तामाङ्ले सिन्धुपाल्चोक जिल्लाबासीलाई दुःखको घडीमा कति पनि नआत्तिन आग्रह गदैँ सिन्धुपाल्चोक जिल्लाको नवनिर्माण पश्चात् मात्र आफूले विश्राम लिने प्रतिवद्धता जाहेर गरेका छन् । कार्यक्रममा उनले आफूप्रति जनताको अटल माया र विश्वास देखेर आफूलाई सम्हाल्न नसकेर गहभरी आँशु लिदैँ भूकम्पले पुर्याएको जनधनको क्षतिले आफूलाई मर्माहत बनाएको बताए । सभासद तामाङ्ले विद्यालयको स्थायी संरचना निर्माणका लागि आगामी वर्षको निर्वाचन क्षेत्र विकास बजेट अन्तरगत १० लाख दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१