विश्वकप महिला फुटबल प्रतियोगितामा ब्राजिल र फ्रान्स विजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७२, बुधबार १०:४०

mahilaक्यानडामा जारी महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत पछिल्ला खेलहरुमा ब्राजिल र फ्रान्स विजयी भएका छन् । त्यस्तै स्पेन र कोष्टारिका तथा कोलम्विया र मेक्सिकोले बराबरी खेलेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार राती भएको खेलमा फ्रान्सले इग्ल्याण्डलाई १–० ले पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सको जितमा खेलको २९ औं मिनेटमा ले सोमरले गरेको गोल नै निर्णायक बन्न पुग्यो । त्यस्तै मंगलबार राती नै भएका खेलमा स्पेन र कोष्टारीका तथा कोलम्विया र मेक्सिकोले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । प्रतियोगिता अन्तर्गत बुधबार विहान सम्पन्न खेलमा ब्राजिलले दक्षिण कोरियालाई २–० ले पराजित गर्यो । ब्राजिलको जितमा पहिलो हाफको ३३ औं मिनेटमा मोटा र दोश्रो हाफको ८ औं मिनेटमा डि सिल्भाले गोल गरिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१