सावधान ! रातको समय अबेलासम्म काम गर्नुहुन्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७२, बुधबार १०:३५

न्यूयोर्क । यदि तपाईं रातको समय अबेलासम्म काम गर्नुहुन्छ ? यदि त्यसो हो भने कामको दौरान कम खानाले अनिन्द्राबाट हुने नकरात्मक प्रभाव घट्न सक्छ । एक नयाँ अनुसन्धानको क्रममा यस्तो तथ्य बाहिर आएको हो । रातको समय कम खानाले तपाईंको एकाग्रता र सतर्कतामा पनि सकारात्मक प्रभाव बढ्दछ । पेन्सिलभेनिया विश्वविद्यालयका वरिष्ठ लेखक डेभिड डिंगेजका अनुसार, राति नसुतीकन काम गर्ने वयस्क मानिसले करिब ५०० क्यालोरीको खपत गर्दछन् । उनले अनुसन्धानबाट पत्ता लागेको तथ्य उद्धृत गर्दै भनेका छन्, ‘हाम्रो सोधबाट राति अबेलासम्म जागै बस्नुपर्ने मानिस बढी खानेकुराबाट बच्दा कैयौं समस्याबाट टाढै रहन्छन्, जसमा तनाव कम हुनु पनि एक हो ।’ शोधकर्ताहरुले अध्ययनको क्रममा ४४ जना सहभागिहरुलाई लिएका थिए, जसको उमेर २१ देखि ५० वर्षसम्मका रहेका थिए । उनीहरुलाई दिनमा धेरै नै खाना र पानीलगायतका खानेकुरा दिइएको थियो ।

nightसाथै, यसको क्रममा उनीहरुलाई तीन रातसम्म केवल चार घन्टामात्र सुत्न दिइयो । चौथो रातसम्म २० सहभागिलाई खाना र पानी दिनेक्रम जारी राखियो भने बाँकी सहभागिहरुलाई रातको १० बजेपछि केवल पानी मात्र पिउन अनुमति दिइयो । उनीहरु सबैलाई बिहान चार बजे सुत्ने अनुमति दिइयो । शोधका अनुसार राति अबेलासम्म उपवास बस्ने सहभागिहरु धेरै स्वस्थ र स्फूर्त देखिए । तर, राति अबेलासम्म खाइरहने सहभागीहरु बढी सुस्त रहे भने उनीहरुको एकाग्रतामा पनि नकरात्मक असर परेको देखियो । यो शोधको नतिजा अमेरिकामा ६ देखि १० जुनसम्म आयोजना गरिने एसोसिएटेड प्रोफेशनल स्लिप सोसाइटीको २९औं वार्षिक बैठकको स्लिप–२०१६ मा प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१