महत्वपूर्ण सूचना घरमा बसी बसी प्राप्त गर्न सकिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७२, बुधबार १०:३१

धनगढी, २७ जेठ । कैलाली जिल्लाका विभिन्न छ सरकारी कार्यालयका महत्वपूर्ण सूचना अब सेवाग्राहीले अनलाइन प्रविधिमार्फत घरमा बसी बसी प्राप्त गर्न सकिने भएको छ । राष्ट्रिय सूचना आयोगले अनलाइन प्रविधिमार्फत एमआइएस प्रणाली स्थापना गरेपछि कैलाली जिल्लाका छ वटा सरकारी कार्यालयका सूचना प्राप्त गर्न सकिने भएको हो । राष्ट्रिय सूचना आयोगका शाखा अधिकृत राजु सत्यालले जिल्ला शिक्षा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला विकास समिति, सडक डिभिजन कार्यालय र जिल्ला हुलाक कार्यालयबाट चाहिएको सूचना यो प्रविधिबाट प्राप्त गर्न सकिने बताए ।

eleआयोगको वेबसाइटमा गई कैलाली जिल्ला र सम्बन्धित कार्यालय छनोट गरेपछि आवश्यक सूचना सहजरुपमा प्राप्त गर्न सकिने सत्यालले बताए । आयोगको वेबसाइट www.mis.nov.np रहेको छ । सरकारका काम कारबाहीलाई प्रजातान्त्रिक पद्धतिअनुरुप खुला र पारदर्शी बनाई जनताप्रति जवाफदेही बनाउन र सुसूचित हुन पाउने नागरिकको मौलिक हकको संरक्षण एवम् प्रचलन गराउन २०६२/६३ मा भएको राजनीतिक परिवर्तनपछि सूचनाको हकसम्बन्धी ऐन २०६४ निर्माण गरिएको हो । ऐनमा सूचना अधिकारीले तत्काल दिन सकिने सूचना तत्कालै र तत्काल दिन नसकिने सूचना १५ दिनभित्र सूचना माग गर्ने सेवाग्राहीलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । यद्यपि, अझै पनि कतिपय कार्यालयमा सूचना अधिकारी नतोकिएको र यी कार्यालयका महत्वपूर्ण सूचना सेवग्राहीले सहजरुपमा पाउन नसकेको अवस्था रहेको छ । हाल सुदूरपश्चिमाञ्चलका कैलाली, डोटी, डडेल्धुरा र कञ्चनपुर जिल्लासहित देशका १४ जिल्लाका सरकारी कार्यालयका आवश्यक सूचना अनलाइन प्रविधिमार्फत माग गर्न सकिने व्यवस्था गरिएको बताइएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१