स्थानीयको कुटाईबाट मलेशियामा ४ नेपाली घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ जेष्ठ २०७१, शुक्रबार ०८:५३

मलेशिया । मलेशियाको पोर्ट केलाङमा स्थानीयबासिन्दाको कुटाईबाट ४ जना नेपाली घाइते भएका छन् ।
स्थानीय इनोलेटिक्स कम्पनीमा काम गर्ने उनीहरुलाई होस्टलबाट काममा जान लागेको बेला कुटपिट भएको हो ।
कुटपिटबाट घाइते भएका धनुषाका कुमार मुखिया, सर्लाहीका मनोजराज यादव, मोरङका नबिन कार्की र कुमार खवासको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।2013-04-10-1365568468_20130920
आफूहरुमाथि लुटपाट गर्ने उद्देश्यले स्थानीय यूवाहरुको समूहले आक्रमण गरेको घाइते यादवले बताउनुभयो ।
आफ्ना सहकर्मी कुटिएको विरोधमा इनोलेटिक्स कम्पनीमा काम गर्ने नेपालीहरुले शान्ति सुरक्षाको माग गर्दै कम्पनी घेराउ गरेका छन् । उनीहरुले काम गर्ने ठाउँबाट होस्टल जान आउन कम्पनीले नै यातायातको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१