Yi नाइट भिजन क्यामरा बजारमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार १३:४४

लोकप्रिय चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले Yi नाइट भिजन क्यामरा बजारमा ल्याएको छ। क्यामराको मूल्य १ सय ४९ युआन तथा १५ सय भारु पर्ने कम्पनीले जानकारी गराएको छ। कम्पनीले आजबाट नै क्यामराको विक्रि वेबसाइट मार्फत सुरु भएको जनाएको छ।

nightयो क्यामरामा ९ सय ४० एमएम इन्फ्रारेड सेनसर रहेको कम्पनीको दाबी छ। यसको मद्दतले डिभाइस विना आर्टिफीसियल प्रकाशको पनि काम गर्ने र विना लाइट पनि ५ मिटर सम्मको दुरी देखिने कम्पनीको भनाई छ।
साथै क्यामरामा ४एक्स अप्टिकल जुम फिचर र ९२.२ डिग्री होरिजेन्टल तथा ४८.७ डिग्री भर्टिकलको साथमा १११.२ डिग्री डायगोनल एङ्गल समेत रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१