कालिकोट, २६ जेठ । जलवायु परिवर्तनका कारण यहाँका भर्खर लाग्दै गरेका स्याउका दाना झर्न थालेका छन् । तिब्र रुपमा भएको तापक्रम र हावामा देखिएको तुवालोका कारण मौसममा आएको परिवर्तनले गर्दा स्याउका दाना झर्न थालेका हुन् । भर्खर फल्न लागेका स्याउमा गुच्चा आकार दाना अर्थात चिचिला झर्ने समस्या देखिएको धमाधम बिरुवाबाट झर्ने समस्या रहेको यहाँका स्याउ किसानहरुले बताएका छन् । भर्खर बिरुवामा लाग्दै गरेका स्याउका दाना झर्ने गरेको फोइ महादेव गाबिसका स्याउ किसान नविन हमालले बताए ।
जिल्ला कृषि विकास कार्यालय कालिकोटका अनुसार तापक्रम बृद्धि र हावामा देखिएको तुवालो जस्ता मौसममा आएको परिबर्तनले स्याउका दाना झर्ने गरेको जनाएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटका वरिष्ठ कृषि विकास अधिकृत बासुदेव शर्मा पोखरेलका अनुसार अंग्रेजीको जुन महिनामा वायुको तातोपनाले गर्दा स्याउ झर्ने समस्या देखिने बताए । ‘वायुका तापक्रम निकै बृद्धि भएको छ । गर्मी बढेका कारण स्याउका दाना झर्ने समस्या देखिएको हो ।’ उनले भने,–‘तापक्रम बृद्धि भएका स्याउ दिउँसो ओइलाउने र राती जाडो हुने गरेका कारणले झर्ने गर्छ ।’ जिल्ला कृषि विकास कार्यालयका अनुसार स्याउ बगैँचामा सिंचाई गरेमा स्याउका दाना झर्ने समस्या कम हुने बताएको छ ।
प्रतिक्रिया