काठमाडौं, २६ जेठ । संवैधानिक परिषद्ले भावी प्रधानन्यायधीशमा सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार मंगलबार बिहान बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीश रामकुमार प्रसाद साहले उमेर हदका कारण आउँदो असार २३ गते अवकाश पाउने भएपछि भावी प्रधानन्याधीशमा श्रेष्ठको नाम सिफारिस भएको छ । संवैधानिक परिषदले सिफारिस गरेको नाम संसदीय सुनुवाईबाट अनुमोदन भएपछि प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक प्रावधान छ ।
प्रतिक्रिया