अस्थायी कक्षा निर्माण गर्न विद्यालयलाई रकम वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार ११:२८

ओखलढुंगा, २६ जेठ । जिल्ला शिक्षा कार्यालय ओखलढुंगाले अस्थायी कक्षा निर्माण गर्न २ सय १० विद्यालयलाई रकम वितरण गरेको छ । क्षतिग्रस्त विद्यालयमा न्यूनतम २५ हजारदेखि पूर्ण क्षति भएका निमाविलाई ७६ हजार र उच्च माविलाई १ लाख ५० हजारसम्मको रकम विद्यालयको खातामा पठाइएको जिल्ला शिक्षा अधिकारी विजयप्रसाद आचार्यले जानकारी दिनुभयो ।

schoolrजिल्ला शिक्षा कार्यालयका अनुसार कुल ३ सय ३२ मध्ये २ सय १० विद्यालयका १ हजार ५ सय कक्षा कोठामा क्षति पुगेकाले अस्थायी कक्षाा निर्माणका लागि बजेट दिइएको हो । अहिलेसम्म ६० अस्थायी टहरा निर्माण भइसकेको कार्यालयले जनाएको छ । अस्थायी कक्षा निर्माणका लागि स्वीस विकास नियोगको सहयोगमा एकहजार १ सय त्रिपाल समेत वितरण भइसकेको छ ।
कार्यालयले सबै विद्यालयमा कक्षा शुरु भएको दावी गरे पनि पूर्ण क्षति भएर अस्थायी कक्षा कोठा निर्माण हुन बाँकी विद्यालयमा कक्षा संचालन हुन सकेका छैनन् । विद्यालय खुले पनि शिक्षक नजाँदा पठन पाठन हुन नसकेको अभिभावकको गुनासो छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१