बेसारले बनाउँछ सुन्दर !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार ११:०३

beautifulसबैको भान्सामा बेसार अनिवार्य जस्तै हुन्छ । खानका परिकारलाई आकर्षक बनाउन बेसार राखिन्छ । एकछिन कल्पना गर्नुहोस त बेसार विनाको तरकारी कस्तो होला ? पक्कै पनि बेसार नराखिएको तरकारीतर्फ हाम्रो आँखा कमै जान्छ । बेसारले खानाका परिकारलाईमात्र आकर्षक होइन शरिरलाई पनि आकर्षक र मुहारलाई सुन्दर बनाउँछ । यो तथ्य हालै पत्ता लागेको हो ।
आकर्षक र सुन्दर अनुहारका लागि आजभोली फेसियल गर्ने चलन बढ्दै गएको छ । तर सबैलाई फेृसियल गर्ने समय नमिल्न सक्छ । यस्तो अवस्थामा भान्सामै रहेका बेसारको मद्दत लिन सकिन्छ ।

बेसार प्रयोग गर्ने तरिका : दुई सानो चम्चा बेसनमा आधा चम्चा बेसार मिसाएर यसमा १० थोप्ला गुलाव जल मिसाउनुहोस । त्यसमा कागति पनि मिसाउनुहोस र अनुहारमा लगाउनुहोस् । नुहाउनुभन्दा पहिला यो लेप लगाउनुहोस र आधा घण्टापछि पखाल्नुहोस अनि आफ्नो अनुहार ऐनामा हेर्नुहोस । तपाई निकै आकर्षक देखिनु भयो होला ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१