यौन आक्रमण गरेको भन्दैं बाँदरबिरुद्ध मुद्दा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार १०:५९

monkeyएजेन्सी । बाँदरको एक समूहलाई एक महिलामाथि यौन आक्रमण गरेको र उनको विकिनि तानेर लछारपछार पारेको आरोप लागेको छ ।
स्पेन भ्रमणमा रहेकी एकजना बेलायती महिला पर्यटक जब उनी जिब्राल्टर आईपुगिन् तब उनीमाथि बाँदरहरुले हमला गरेका थिए ।२३ वर्षिया मलिसा हार्टले जंगली बाँदरहरुलाई चिडियाघरमा हेरिरहेकी थिईन् । त्यति नै बेला दुई बाँदर उनीनेर पुगे र उनको लुुगा तान्न थाले । बाँदरले आफ्नो विकिनि तान्न कत्ति पनि समय नलगाएको उनले बताईन ।उनले ति बाँदरबाट मुक्त हुन संघर्ष गरिरहेका बेला भने अन्य पर्यटकहरुले उनीतिर हेरेर हाँसेका थिए । ‘म एकदमै बेसहारा बने जब ति दुई बाँदरले मलाई समाते र मेरो संवेदनशील अंग छुन र लुगा तान्न थाले, एकले त मेरो बिकिनि नै झारिदियो’ हार्टले बताईन ।अन्ततः चिडियाघरको संरक्षकले म चिच्याएको सुनेर र मेरो उद्धार गर्न आए । उनले ती बाँदरकाबिरुद्ध मुद्दासमेत दर्ता गराउन प्रयत्न गरिन् तर, प्रहरीले यसलाई गहनरुपमा भने लिएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१