भूकम्पपीडितलाई लायन्स क्लवको आर्थिक सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार १०:४३

वोस्टन,२६ जेठ । बैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट पीडितका लागि राहत रकम संकलन गर्ने सिलसिलामा अमेरिकाको वोस्टनमा अवस्थित हिमालयन लायन्स क्लवले करीब १८ हजार डलर रकम संकलन गरेको छ । गत हप्ता अमेरिकाको विभिन्न क्षेत्र तथा राज्यमा विभिन्न संघ संस्थाले उठाएको राहत रकम संकलन गर्ने सिलसिलामा अमेरिका आउनुभएका अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनबहादुर कार्कीलाई १८ हजार डलर संस्थाका अध्यक्ष विमल नेपालले हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रमपछि बोल्दैं संस्थाका अध्यक्ष विमल नेपालले भने हामीले यो भन्दा पनि धेरै उठाउन सकिन्थ्यो, विविध कारणले सोचे जति उठाउन सकिएन । करिब चार वर्ष अघि गठित हिमालयन लायन्स क्लवले विभिन्न सामाजिक संघ संस्था तथा व्यक्तिहरुलाई सहयोग पुर्याउँदै आएको छ । त्यसैगरी वोस्टनस्थित ग्रेटर वोस्टन नेपलिज कम्युनिटीका तर्फबाट कम्युनिटीका अध्यक्ष राम थापाले पनि संकलित रकम हस्तान्तरण गर्नुभयो । कम्युनिटीले विभिन्न नेपाली संघसंस्थाका तर्फबाट संकलन गरिएको करीब ३८ हजार डलर डा.कार्कीलार्इ हस्तान्तरण गरिएको हो । सो अवसरमा राहत रकम ग्रहण गर्दै राजदूत कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोष नै सबैभन्दा भरपर्दौ माध्यम भएकोले यसैमार्फत रकम प्रदान गर्न सबैसमक्ष आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१