राष्ट्रपति रनिङ्सिल प्रतियोगीताका विजयीहरुलाई पुरस्कार वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार १०:१२

एस.पी.गौरब

सर्लाही,२६ जेठ । राष्ट्रपति रनिङ्सिल प्रतियोगीतामा प्रथम र द्धितीय भएका विद्यालयहरुलाई सोमबार सर्लाही सदरमुकाम मलंगवामा एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ । गत माघ र फलगुनमा सर्लाहीको लालबन्दी ४ मा रहेको भएको खेल मैदानमा भएको प्रतियोगीतामा विजय भएका विद्यालयहरुलाई जिल्ला खेलकुद विकास समितीको प्रांङगणमा भएको एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको हो । सर्लाहीका सशस्त्र प्रहरीका उपरिक्षक सुवर्ण थापा मगरले ६ वटै निर्वाचन क्षेत्रबाट पहिलो र दोस्रो भएका विद्यालयलाई २ थान बल तथा १ थान नेट र प्रमाण पत्र वितरण गर्नु भएको आयोजक जिल्ला खेलकुद विकास समिती सर्लाहीका अध्यक्ष गणेश बा.थापाले जानकारी दिनु भयो । ६ वटै निर्वाचन क्षेत्रबाट प्रथम र द्धितीय भएका १२ वटा विद्यालयलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । समितीका जिल्ला अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता थियो । राष्ट्रपति रनिङ्सिल प्रतियोगीता अन्र्तगत विभिन्न विद्यालयका विद्यार्थीहरुविच भलिबल र एथ्लेटीक्स खेल भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१