एस.पी.गौरब
सर्लाही,२६ जेठ । विगत केही दिनदेखि लगातार बढेको गर्मीका कारण सर्लाहीमा सोमबार एक जनाको मृत्यु भएको छ । सर्लाहीको मोतीपुर गाविस वडा नं. ८ निवासी ५२ वर्षीय दिनेस यादवको गर्मीका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सोमबार दिउँसो करिब १ः३० बजेको समयमा टाएर गाडामा सामान लिएर सदरमुकाम मलंगवाबाट औरही जाने क्रममा राय अचानक वेहोस भएर उपचारका लागि जिल्ला अस्पताल लैजाँदैँ गर्दा बाटैमा ज्यान गएको प्रहरी उपरिक्षक केदार ढकालले जानकारी दिनु भयो।एलभेष्टर लिएर मलंगवाबाट आफ्ना दाइ औरही ८ निवासी रामएकवाल रायको घर जाँदै गर्दा गमोरीया गाविस वडा नं. ९ मा पुग्दा उनी अचानक वेहोस भएका र उनको उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको थियो । उनको शव पोष्ट माटमको लागि जिल्ला अस्पताल मलंगवामा राखीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया