खेल्कुद मन्त्री पौडेल द्वरा १० अस्थाइ टहरा हस्तान्तरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार १२:१६
 ??????????????????????????????? काठमाडौं ,२६ जेठ ।
काठमाडौं को हुम्ला भनेर चिनिने गोकर्णेश्वोर  नगरपालिका को वडा नम्बर १ मा रहेको चिलौने मा युवा तथा खेल्कुद मन्त्री पुरुशोतम पौडेलले १० वटा अस्थाइ टहरा भुकम्प पीडित लाई हस्तान्तरण गर्नुभएको छ । काठमाडौं को पुर्भी भेग को  आशा द होप फाउनडेशन ले बिदेशमा रहेका नेपाली बाट सन्कलित आर्थिक सहयोग बाट सो अभियान सन्चालन गरेको हो । बैशाख १२ को विनासकारी महाभुकम्प बाट तहसनहस  भएको सो गाउका अती बिपन्न गरीब र अपाङ्गहरुलाई सो टहरा निर्माण गरिएको संस्थाका अध्यक्ष सुदर्शन बजगाइले बताउनु भयो। काठमाडौंमा रहेपनी गरीबीको रेखामुनी बस्न वाध्य जयराम खत्री , बिष्णु पोखरेल खत्री , कान्छी तमाङ , सुकुलक्ष्मी तमाङ , कान्छा तमाङ , ठुलि तमाङ , यागर तमाङ , शंकर तमाङ , नामिन तमाङ र राज मान तमाङ लाई टनेल आकरको १० फीट बाइ १२ फीट को साडे ६ फीट अग्लो टहरा हस्तन्तरण गरिएको अध्यक्ष बजगाइ ले बताउनुभयो । देशका बिभिन्न भागमा मन्त्री र सभासद्ले  गाली  खानुपरेपनी मन्त्री पौडेल ले भने चिलौनेमा भब्य स्वागत पाए  । ???????????????????????????????कार्यक्रममा  बोल्दै मन्त्री पौडेलले देश आपत म परेको बेलामा सवै  जनता धैर्यधारण  गरेर एक आपस्मा मेलमिलाप र सहयोग को भाबनाले अघी बढ्नु पर्ने कुरा बताउनु भएको थियो। सरकारले अस्थाइ टहर निर्माण को लागि १५ हजार र थायी आबस निर्माण गर्न २ लख उपलब्ध गराउने र वास्तविक पीडित लाई राहत दिन सरकार लागिपरेको बताउनु भयो। सो हस्तान्तरण समारोह मा नेपाल स्काउटका राष्ट्रिय सचिब लोक बहादुर भण्डारी , नेकपा (एमाले) काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राइ , समाजसेबी राम लाल चौधरी ,उद्धव भण्डारी , राम चन्द्र आचार्य ,सुमित्रा दङगाल ,धन्बहादुर तमाङ  काव्य स्कुल का प्रबन्धक रिजन खड्का र स्काउटर अनोज खड्का लगयतको उपस्थिती रहेको थियो। मन्त्री पुरुशोतोम पौडेलले आशा फाउन्डेशन्को लोगो आन्कित चिनारी सुकुलक्ष्मी तमाङलाई प्रधिनिधी बनाइ १० वटा टहरा संयुक्त रुपमा हस्तन्तरण गर्नुभएको थियो ।???????????????????????????????

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१