कोक पेप्सी खानु अघि एकपटक विचार गरौ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार ०९:४९

पिउँदा स्वादिलो लागेपनि यसले पेटमा घातक अवस्था सृजना मात्र गर्दैन विभिन्न रोग समेत पैदा गर्छ । पढ्नुस् कोक पेप्सीले पेटमा के गर्छ । पिएको १० मिनेटमा एक गिलास कोकपेप्सीको माध्यमबाट १०-११ चम्चा चिनी शरीरमा भित्रिन्छ र आन्तरिक प्रणालीमाथि आक्रमण शुरु गर्छ । तपाइँलाई अचम्म लाग्यो होला तर अचमम्मित नहुनुस् । किनकि १०-११ चम्मा चिनी भनेको २४ घण्टामा शरीरलाई चाहिने सम्पूर्ण कयालोरी हो त्यस बराबर चिनी एकै पटकमा भित्रन्छ । त्यति धेरै क्यालोरी शरिरले सहन गर्न सक्दैन । त्यसैले आन्तरिक आक्रमण शुरु गर्छ । अर्को एउटा जिज्ञासा तपाइँको मनमा उठ्न सक्छ के त्यो १०-११ चम्चा चिनी अतिचार गुलियो किन नभएको । एकैचोटी त खानै नसक्ने हुनु पर्ने । तर थाहा पाइराख्नुस् कोक पेप्सीमा प्रयोग हुने कृतिम चिनीमा विद्दमान गुलियो स्वाथलाई मत्थर पार्न फस्फोरिक एसिड प्रयोग गरिएको हुन्छ । २० मिनेट भित्र रगतमा सुगरको मात्रा ह्वात्तै बढ्छ । बढेको सुगरलाई पचाउन परिवर्तित गर्न कलेजोले ठूलो मेहनत गर्नु पर्छ । तर यसका लागि अत्याधिक मात्रामा इन्सुलिन प्रज्जवलित हुनु पर्छ । ४० मिनेटपछि उक्त पेय पदार्थमा निहित क्याफिन पूर्णरुपेण शरिरमा अवशोषित हुन्छ । उक्त अवशोषित क्याफिनको प्रभावले आँखाको परेला लखतरान हुन्छन् । रक्तचाप बढ्छ । साथै कलेजोले छान्न नसकेर सुगर फर्काएर रक्त प्रवाहमा पठाइदिन्छ । pepsi coke ४५ मिनेट भित्र रगतमा डोपाइमाइन नामक हार्मोनको वृद्धी हुन्छ जसले तुरुन्तै दिमागलाई क्षणिक तृप्ति दिने संवेदना केन्द्रलाई उत्तेजित पार्छ । यस्तो उत्तेजना क्षणिक हुन्छ तर ठ्याक्कै हेरोइनको जस्तो हुन्छ । ६० मिनेट भित्र शरिरमा सुगरको स्तर ह्वात्तै बढ्छ । रगतमा सुगरको ब्यापक उतार चढाव हुन्छ । ब्यक्तिलाई ब्यग्र बेचैन तथा अशान्त बनाउँछ । जोर्नीहरु दुखेको जस्तो अवस्था पनि हुन्छ । कोक पेप्सी पचाउन शरिरका हड्डीहरुबाट समेत क्याल्सियम म्याग्नेसियम र जिङ्क शोषित हुने गर्छ । दीर्घकालीन परिणामकोरुपमा कोको पेप्सी पिउँदाः १ अनियन्त्रित मोटोपन २ उक्त रक्तचाप ३ उच्च कोलेष्ट्रोल ४ मधुमेह हृदयरोग ५ हृदयघात ६ अनिद्रा ७ मानसिक विक्षिप्तता ८ क्यान्सर ९ बंशाणु क्षय १० नपुङ्षकता ११ ब्रेन ट्यूमर १२ अष्टियोपोरेसिसस आदि आदि समस्या देखिन सक्छ । आयुर्वेद विशेषज्ञ डा राजु अधिकारीको पुस्तकबाट ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१