३० दलीय मोर्चा फुट्योे, ‘प्रचण्डको प्रस्ताब मोर्चाद्धारा सिधैं अस्विकार’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७२, सोमबार १७:१०

काठमाडौं,२५ जेठ । संविधान निर्माणमा प्रमुख दलहरुबीच भएको निर्णायक सहमति स्विकार नगर्ने एमाओवादी नेतृत्वको विपक्षी मोर्चाका नेताहरुले बताएका छन्। दलहरुबीच सोमबार विहान भएको सहमतिबारे जानकारी गराउन एमाओवादी अध्यक्ष एवं मोर्चा संयोजक पुष्पकमल दाहालले बोलाएको बैठकमा अधिकांश नेताहरुले नामाकंन र सिमाकंनविनाको संघीयता कुनैपनि हालतमा स्विकार नगर्ने नेताहरुले बताएका हुन। एमाओवादी संसदीय दलको कार्यलय सिंहदरबामा जारी बैठकमा बोल्ने अधिकांश नेताले प्रदेशको नामाकंन र सिमाकंनको जिम्मा ‘कठपुलती आयोग’लाई दिने कुरा मान्य नहुने बताएका हुन्।

mochaबैठकमा सहभागी नेता गोपाल दहितका अनुसार मोर्चा संयोजक दाहालले सोमबार विहान दलहरुबीच भएको भनिएको सहमतिबारे जानकारी गराएका थिए। दाहालले चार दलबीच भएको सहमति अन्तिम नभएको भन्दै मोर्चाको निर्णयका आधारमा अघि बढ्ने बताएका थिए। मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग सहमतिमा आफूले हस्ताक्षर गर्ने बताएपछि मोर्चामा विभाजन आएको हो । प्रचण्डको नेतृत्वमा रहेको ३० दलीय मोर्चाले सोमबार दिउँसो अलग्गै पत्रकार सम्मेलन गरेका छन् । ३० दलीय मोर्चाबाट अलग हुनेमा विजय गच्छदार बाहेकका मधेसी दल र जनजाति पार्टीहरु छन् । उनीहरुले अलग्गै पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१