दमौलीका पौडेल जर्मनीको युथ समर स्कूलका लागि छनोट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७२, सोमबार ११:३८

काठमाडौं,२५ जेठ । दमौली खबर दैनिकका सह सम्पादक पवन पौडेल जर्मनीको ह्याम्बर्गमा हुने युथ समर स्कूलका लागि छनोट भएका छन् । विश्वभरबाट आएको तीन सय बढी निवेदनबाट छानिएका ३० सहभागीमा पौडेल पनि परेका हुन् । राष्ट्रिय युवा महासंघ नेपाल तनहुँका अध्यक्ष समेत रहेका पौडेल नेपालबाट कार्यक्रममा सहभागी हुने एक मात्र युवा भएको आयोजक युथ टाइम इन्टरनेशनलले जनाएको छ ।

pawanविश्वभरका युवाहरुलाई नेतृत्व विकास, युवालक्षित परियोजना निर्माण, व्यवस्थापन तथा समस्यासंग जुध्नका लागि तयार पार्न पाँच दिने कार्यक्रममा प्रशिक्षण र अन्र्तक्रिया गरिन्छ । यस वर्ष आगामी असार ३ गतेबाट ह्याम्बर्गमा हुने सम्मेलनमा विश्वका १० बढी मुलुकका युवाले सहभागीता जनाउने अवसर पाएका छन् । हरेक वर्ष खुल्ला प्रतिष्पर्धाबाट सहभागी छानिदै आएकामा यस वर्ष पनि तीन सय भन्दा बढी निवेदन परेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी युवाहरुले गरेको प्रस्तुतीका आधारमा उत्कृष्ट कार्यक्रममा दरिएको कार्यक्रममा छनोट हुनु आफ्ना लागि खुशीको कुरा भएको पौडेलले बताए । अमेरिकी दुतावासको युवा सल्लाहकार परिषदका सदस्य समेत रहेका पौडेलले सञ्चारमाध्यमसंगको सहकार्यमा युवा सहभागीता र नेतृत्व सम्बन्धी विभिन्न क्रियाकलापमा सहभागीता जनाइसकेका छन् । कार्यक्रम सही अर्थमा युवा नेतृत्व विकासका लागि भएको र यसका लागि सहभागीलाई तयार पार्न विभिन्न क्रियाकलाप सञ्चालन गरिएको कार्यक्रमकी अध्यक्ष जुलिया किनासले बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१