यो संसारमा बेला बेलामा निकै अचम्मका कामहरु हुने गर्छन,जसले दुनियालाई नै अचिम्मत बनाएको हुन्छ । त्यस्तैं चीनमा एक व्यक्तिले कार किन्न जाँदा ७२ हजार पाउण्ड (करिब १ करोड १२ लाख रूपैयाँ) बोकेर शो रूम पुगे । यहाँसम्म त केही आश्चर्यको कुरा छैन् तर, उनले उक्त रकम ७० हजार वटा सिक्का र दुई हजार पाउण्डको नोट लिएर शोरूम पुगेपछि भने सबै आश्चर्यमा परेका थिए । उक्त कारको रकम तिरेपछि शानका साथ आफ्नो नयाँ ४ एस गाडीमा फर्किएका थिए । यो सिक्का १ हजार ३ सय २० बण्डलमा बेरेर राखिएको थियो । जब यी सिक्काहरूलाई तौलिएको थियो तब उक्त सिक्काहरूको तौल करिब ४ टन थियो । गेन नामका ती व्यक्ति एक पेट्रोल पम्पमा काम गर्छन् र उनले यो बचत बसमा यात्रा गर्ने पैसाबाट गरेका हुन् । उनी बसमा यात्रा नगरी उक्त रकम जम्मा गरेका हुन् ।
प्रतिक्रिया