बालिका कुट्ने शिक्षिका निष्कासित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ जेष्ठ २०७१, शुक्रबार ०८:३४

सुनसरी ,९ जेठ । सुनसरीको इटहरीमा सञ्चालित गोदावरी विद्यामन्दिरमा यूकेजीमा अध्ययनरत ६ वर्षीया छात्रा कृतिका खड्कालाई बाँसको भाटाले कुट्ने शिक्षिका भगवती सुवेदीलाई विद्यालय प्रशासनले निष्कासन गरेको छ।
विद्यालय सञ्चालक समितिले छानबिन गरी छात्रामाथि कुटपिट गर्नु गलत भएको ठहर गर्दै शिक्षिका सुवेदीलाई निष्कासन गरेको जानकारी विद्यालयका प्रिन्सिपल खेमप्रसाद नेपालले दिए।10292166_778078928883218_1748006457681559917_n

बालिका कुटेर सम्पर्कविहीन भएकी शिक्षिका विद्यालयमा हाजिर भएकी छैनन्। कृतिकालाई कुटपिट गरिएको विषयमा बिहीबार समाचार प्रकाशित भएपछि विद्यालय सञ्चालकले छलफल गरी विद्यालयको वातावरण बिग्रिन नदिन शिक्षिकालाई निष्कासन गरिएको प्रिन्सिपल नेपालले बताए।

‘स्थापनाकालदेखि नै विद्यालयले उत्कृष्ट विद्यार्थी उत्पादन गर्दै आएकोमा मंगलबार एक शिक्षिकका कारण विद्यालयको नाम जोडिएर समाचार प्रकाशित हुँदा हामीलाई गम्भीर बनाएको छ’, नेपालले भने। उनले कुटपिटबाट घाइते भएकी छात्रा कृतिकालाई बुधबार विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा लगेर उपचार गरी अभिभावकको जिम्मा लगाइएको बताए।

घाइते बालिका कृतिका भने डरले स्कुल जान छाडेको पीडितका ठूलोबुबा कुमार खड्काले बताए। विद्यालय सञ्चालक नारायण सुवेदीले पीडितलाई न्याय दिनुको साल्टो उल्टै विभिन्न गाली गर्दै धम्क्याएको उनले बताए।

घेरा भित्र पिटेको डाम ….

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१