बार्सिलोनाले जित्यो च्याम्पियन्स लिगको उपाधी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७२, सोमबार १०:५३

युभेन्टसलाई पराजित गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधी जितेको छ । गएराती भएको खेलमा इटालियन प्रतिद्वन्दी युभेन्टसलाई ३–१ गेल अन्तरले हराउदै बार्सा ५ औं पटक युरोपियन च्यापियन्स भएको हो । योसंगै बार्साले एकै सिजनमा घरेलु लिग, कप र च्याम्पियन्स लिग दोश्रो पटक जित्ने किर्तिमान समेत बनाएको छ । जर्मनीको बर्लिनस्थित ओलम्पियक स्टेडियममा इभान राकिटिकले बार्सालाई अग्रता दिलाएपनि इटालियन क्लवले ५५ औं मिनेटमा गोल फर्काएको थियो । लुइस स्वारेजले ६८ र नेइमारले ९० मिनेटमा गोल गरेपछि बार्साको जित सम्भव भयो । यसैबीच, लामो समयदेखि बार्सिलोनाबाट खेल्दै आएका ३५ बर्षीय जाभीले पछिल्लो खेलसंगै बार्सा करियर समाप्त गरेका छन । अब उनी कतारी टिम अल–सादबाट खेल्ने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१