नेपालका भूकम्पपीडितलाई ग्रेटर अस्टिनको सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७२, सोमबार १०:२७

अमेरिका,२५ जेठ । ग्रेटर अस्टिन नेपाली सोसाइटीले टेक्सास राज्य अन्तर्गत अस्टेनको फूल्गर्भिल पब्लिक लाइब्रेरीमा महा-भूकम्पमा हाम्रो सहयोग र भूमिका तथा विविध विषयमा भव्यताका साथ अन्तरक्रिया तथा छलफल सम्पन्न गरेको छ । एनआरएन अमेरिकाका नव निर्वाचित अध्यक्ष डा.केशव पौडेलले प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ग्रेटर अस्टिन नेपालका अध्यक्ष गेहेन्द्र केसीले ३३ हजार ६७४ डलर बराबरको चेक अध्यक्ष पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । चेक हस्तान्तरण पछि कार्यक्रममा बोल्दैं ग्रेटर नेपालका अध्यक्ष गेहेन्द्र केसीले अहिले नेपालको पुनर्निर्माण गर्ने समयमा सम्पूर्ण संघ संस्थाले एनआरएनको कदमलाई साथ दिएर अगाडी बढ्नु पर्ने बताउनुभएको थियो । उहाँले अगाडी भन्नु भयो हाम्रो यो पहिलो प्रयास हो र हामी फेरि फेरि पनि सहयोग गरिरहन्छौ ।

drत्यस्तैं कार्यक्रमका प्रमुख अतिथी तथा एनआरएन अमेरिकाका अध्यक्ष डा.पौडेलले आँफू नेपालमा आँफूले देखेको पीडा र गरेको प्रण तथा सहयोगको चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो -‘मैले नेपालका भूकम्पपीडितको व्यथा राम्रोसँग बुझेको छु त्यसैले मैले नेपालका भूकम्पपीडितका लागी केहि सहयोग रकम जुटाउने कामलाई प्राथमिकतामा दिएको हुँ । अहिले नेपाल विपत्तीको विचमा छ यो अवस्थामा हाम्रो खाँचो नेपाललाई रहेको छ त्यसैले हामीले टाढैंबाट भएपनि केहि सहयोग रकम संकलन गर्न आवश्यक रहेको छ । एनआरएन अमेरिकाका सबै सदस्यहरु अहिले नेपालका भूकम्पपीडितलाई सहयोग संकलन गर्न विभिन्न अभियानका साथ लाग्नु भएको छ त्यसैले हामी सबैले यो अवस्थामा जे जति सक्छों सहयोग गर्नुपर्छ ।’ त्यस्तैं सोहि कार्यक्रममा ग्रेटर अस्टेनको सल्लाहकार डा.कमल अधिकारी,एनआरएनका उपाध्यक्ष राम सी पोख्रेल,एनआरएनका कोषाध्यक्ष वेद वस्नेत, एनआरएनका बोर्ड डाइरेक्टर बिनोद तिवारी, एनआरएनका टेक्सास राज्यका अध्यक्ष उत्तम लामिछाने लगायत सबैले अहिले नेपालमा भूकम्पले ल्याएको विपत्तिमा नेपाल सरकार बाहेक एनआरएन नै दोस्रो ठूलो राहत बितरण तथा पुनर्निर्माण कर्ता भएको र सम्पूर्ण प्रवासी तथा संघ संस्थाहरू एनआरएनसँग हातेमालो गर्दै अगाडि बढ्दैं गए देशले चाडैं काँचुली फेर्न सक्ने विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१