बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि यति बेला नाटकघरमा समेत दर्शकहरु संख्या न्यून देखिएको छ । नाटक घरमा राम्रो नाटक मञ्चन भएपनि दर्शकहरुको न्यून उपस्थिति भएका कारण हाल नाटक घरहरु पनि शुन्य देखिन थालेका छन् । ‘काठमाडौंमा रहेका सम्पुर्ण नाटक घरहरु भूकम्पपछि पनि सुरक्षित भएका छन् तर दर्शकहरु भूकम्पको त्रासले अझै पनि नाटक घरमा आउन सकेका छैंनन्’,थिएटर मलका केदार श्रेष्ठले भने -‘हामीलाई विश्वास छ अब दर्शकहरु चाडैं भूकम्पको त्रास मेटाएर नाटक हेर्न आउनुहुनेछ ।’ त्यस्तैं मण्डला थ्रिएटरका राजन खतिवडाका अनुसार थिएटरमा एक महिना गतिविधि नहुँदा लगभग दुई लाख घाटा हुने बताउँछन् ।
अहिले एक-डेढ वर्ष थिएटरका लागि कसरी सहज तरिकाले आर्थिक व्यवस्थापन गर्ने भन्ने चिन्ता प्रत्यक थ्रिएटर सञ्चालकहरुमा रहेको उनले बताएका छन् । ‘भूकम्पका कारण दर्शकहरु चलचित्रहलसम्म त जान सकेका छैंनन्’,राजनले भने -‘हामीले पनि अब त्यहि पिडा भोग्नु पर्ने छ । उनले अगाडी भने भूकम्पले नाटक महलहरुमा कुनै पनि क्षती गरेको छैंन त्यसैले सम्पुर्ण नाटकप्रेमीहरुलाई नाटकघर सुरक्षित छन्, नाटक हेर्न आउनुस भन्न चाहान्छौं ।’ अहिले सर्वनाम थिएटरमा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ ,शिल्पी थिएटरमा कवि उपेन्द्र सुब्बाको कथासंग्रह लाटो पहाड भित्रको एक कथा ‘प्रभु माइला’,थिएटर मलमा थिएटर आकार,सर्वनाम थिएटरमा ‘हामी कवि र कविता’ मञ्चन भइरहेका छन् । भूकम्पपछि नाटक घरमा दर्शकहरु नआएपनि आफुहरुले नियमित काम गरिरहेको नाटकघर सञ्चालकहरु बताउछन् ।
प्रतिक्रिया