आज सहमतिका लागि अन्तिम समय,सहमति नभए प्रक्रियामा जाने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७२, सोमबार ०९:५७

काठमाडौं,२५ जेठ । दलहरुको सहमति अनुसार सोमबार सहमतिका लागि अन्तिम समय हो । आज सहमति नभए प्रक्रियामा जाने पनि सहमति छ । हिजो निर्णायक बैठक पौने ६ बजे बालुवाटार बोलाइएपनि स्थगित भएपनि आज फेरि बोलाइएको छ । संविधानको अन्तरवस्तुमध्ये सबैभन्दा जटिल मानिएको राज्य पुनरर्संरचनाका विषयमा आठ प्रदेशमा सहमति गर्ने, शासकीय स्वरूपमा एमाओवादीले आफ्नो फरक मतसहित सुधारिएको संसदीय व्यवस्थालाई स्वीकार गर्ने, प्रत्यक्ष निर्वाचनबाट ६० प्रतिशत र समानुपातिकबाट ४० प्रतिशत गरी दुई सय ३५ सदस्यीय प्रतिनिधिसभा र ६५ सदस्यीय राष्ट्रिय सभा बनाउने, १० वर्ष संवैधानिक अदालत गठन गर्ने गरी न्याय प्रणाली विवाद टुंग्याउने सैद्धान्तिक समझदारी नेताहरूबीच भएको थियो।

kp oliसंविधानका अन्तरवस्तुमा सहमति जुटाउने, कोइराला नेतृत्वको सरकारमा विपक्षी दलसमेत सहभागी भई राष्ट्रिय सरकारको स्वरूप प्रदान गर्ने, त्यो सरकारले संविधानको मस्यौदा संविधानसभामा पेस गरेर पारित गर्ने, त्यसपछि कोइरालाले राजीनामा दिने र एमाले अध्यक्ष केपी ओली राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्री हुने, त्यो सरकारले भूकम्पले निम्त्याएका चुनौती सामना गर्न पुनस्र्थापना र पुनर्निर्माणको प्याकेजलाई कार्यान्वयन गर्नेबारेमा दलहरू सहमतिको नजिक पुगेका थिए। एमाले संघीयताका विषयमा लचिलो हुँदै आठ प्रदेशसम्ममा जान तयार देखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१