गोर्खाका बिधालय जगाउदै सभासद एक नाथ ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७२, सोमबार ०६:३५

IMG_1119गोर्खा ,२५ जेठ ।  नेपाल परिवार दलका अध्यक्ष तथा सभासद एक नाथ ढकालले महाबिनाशाकारी भुकम्प बाट माथि उठ्न देशका सबै नागरिकले पहिलेको तुलनामा  बढी परिश्रम गर्नुपर्ने बताउनु भयको छ । बैशाख १२ गतेको विनासकारी भुकम्प पश्चात चौथो पटक गृह  जिल्ला गोरखा पुग्नु भयका ढकालले बुङ्गकोट  गा . बि. स. को  शहिदस्मिर्ती  उच्च मा .बि मा आयोजित कार्यकम मा बोल्दै यस्तो बताउनु भयको  हो । IMG_1045भुकम्पबाट बालबालिकाको मश्तिश्कमा   नराम्रो छाप  परेकोले यसलाई मेटाउन मनोरंजन आवश्यक हुने भयकोले आफु राष्ट्रिय कलाकार आनन्द कार्की र इन्दिरा जोशीका साथ देशका विभिन्न बिधालयको भ्रमण  गरेको बताउनुभयो । पुर्बमंत्रीसमेत रहेको ढकालले बिधार्थीहरुलाई सकारात्मक चिन्तन मनन गर्न, मनमा खेलेका कुराहरु आफ्ना अभिभावक वा शिक्षक शिक्षिका संग  आदान  प्रदान गर्न ,समयनिकालेर सामाजिक काममा सरिक हुन र आफ्नो बिगतका कामहरुलाई थप क्रियाशीलताका साथ अघि बढाउन   उपस्थित सबैमा आग्रह गर्नुभयो  । IMG_0791कलाकाहरु आनन्दकार्की र इन्दिरा जोशीले  राष्ट्रमा  बिपत्ति परेको बेला आफ्नो नागरिकको बिचमा रही सुख दुख साट्न र आफ्नो कलाको माध्यमबाट मनोरंजन दिन आफुहरु गाऊ-गाऊमा पुगेको बताउदै विभिन्न गीतहरु गायर विधार्थीलाई नचायाका  थिय । कार्यकममा बिश्व शान्ति युवा संघ नेपालका  अध्यक्ष  प्रकाशबाबु थापाले दुखको घडीमा सबैएकजुट रहन आग्रह गर्दै पुन: निर्माणमा  युवाहरुले अग्रणी योगदान गर्नुपर्ने   धारणा राख्नु भयो । कार्यक्रममा अध्यक्ष ढकाल ले बिधालयमा अस्थाई टहरा निर्माण गर्नरु ३५००० सहयोग गर्नु भयो  भने चिकित्सक डा. सुबाश झा ले भुकम्प पश्चात ध्यान  दिनु पर्ने स्वास्थ्य संग सम्बन्धित बिषयहरु को बारेमा जानकारी दिनु भयो  । सोहि दिन आयोजित अन्य २ कार्यकममा पनि अध्यक्ष ढकालले राहत सहयोग गर्नुको साथै स्थानीय संग अन्तरक्रिया गरि भूकम्पको क्षतिको बारेमा जानकारी लिनुभयको कार्यकम आयोजक गीतकार दिपसागर थापा र  शंकर श्रेष्ठले जानकारी गराउनुभयो ।IMG_1037

सोहिदिन जिल्ला सदरमुकामको जी. बि. स. भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले प्रमुख जिल्ला अधिकारी तथा उपस्थित राष्ट्रसेवक कर्मचारीर स्थानीय बुद्धिजिबिहरुलाई एकताबद्ध भयर पुनर्निर्माण तथा नब निर्माणमा लाग्न आग्रह गर्दै आफुले “नब ग्रामिण अभियान” मार्फत मुलुकमा सामाजिक आर्थिकरुपान्तरण गर्न चाहेको बताउनु भयो । कार्यक्रममा सहभागी कलाकारहरु आनन्द कार्की र इन्दिरा जोशीले उपस्थित महानुभाब हरुलाई जित सुनायर मनोरोञ्जनगराउनुका साथै विपदको बेला राष्ट्रिय पुनर्निर्माण अभियानमा एक्यबद्धताको लागि अन्य महत्वपुर्ण कार्यक्रम छोडी गोर्खा आयको बताय । चिकित्सक डा. सुबाश झाले भुकम्प पश्चात ध्यान दिनुपर्ने स्वास्थ्य संग सम्बन्धित बिसयमा जानकारी दियका थिय भने सहभागी हरुले जिल्लाको बस्तु स्थितिको बारेमा सभासद ढकाललाई जानकारी गराएका थिए  ।IMG_0761

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१