बाह्र वर्षसम्म द्वन्दको चपेटाले च्याप्पिएर रोएको देश अहिले मुर्छा पर्यो । द्वन्दको चपेटावाट फूत्केको देश झन्डै बाह्र बर्षसम्म संबिधान नपाएर प्रसव पीडाले रोयो र रूँदै छ पनि । २०७२ सालको आगमनले नयाँ वर्षको खुशीयाली साटदै गर्दा देशमा सुख शान्ति सुव्यवस्था र प्रगतिको कामना गर्न नपाउदै देश मुर्छा पर्यो । नयाँ वर्षको,बहत्तर साल, बैशाख महिना , बाह्र गते, बाह्र बजे बारपाक गोरखा केन्द्र विन्दु भएर आएको महा शक्तिशाली भूकम्पले सबै लग्यो सबै सक्यो !
देशमा अर्को ठूलो वज्रपात आइलाग्यो र फेरि हाम्रा पुर्खाका सम्झना , पुर्खाको चीनो चिन्न नसकिने गरि ढल्यो उठन नसकिने गरि लड्यो ।
धरहरा,काष्टमण्डप,त्रिभवन पार्कको त्रीभुवनको सालिक जस्ता कैयौ पुराना एेतिहाँसिक धरोहरहरू समेत कति ढले कतिपय ढल्न तैयार रहेका छन् । अरू त अरू साक्षात शिव बाबाले आफ्नो वर पर रहेका देवी देवता समेत जोगाउन सक्नु भएन । त्यस्तै भक्तहरूलाई संधै वरदान दिने तथा तिनका रोदन,चित्कार र दुखमा साथ दिने मनकामना,चागु नारायण,हनुमान ढोकाका र दरबार स्क्वारका सारा मन्दिर तथा भीमसेन स्तम्भ मात्रै नभएर स्वयंभुको समेत एउटा गजुर ढल्यो । यों व्याप्त कलियुगको अन्याय अत्याचार वेिवचार हत्या हिंसा र मारकाट तथा लुटपाट देख्न नसकेका देवि देवताले प्राकृतिक विपत्तिको बज्रपात देख्न नसकेर एक पछि अर्कों गर्दै ढल्दै गए । सहायद भगवान पनि मुर्छा परे होलान् ।
संधै दुखी र निरस देखिने नेपालीको चारैतिर वाट बँचाउ बँचाउ भन्ने चित्कार र हे भगवान भन्ने आवाज सुन्दा सुन्दै पनि कुनै भगवान उठन सकेननन् बरु आँफै ढले,आँफै लडे । संसारमै नभएको विभत्स घटना नेपालमा घट्यो आँफ्नै घरले थिचिएर आँफ्नै घरले पुरिएर, हिंडदा हिंड्दै घरहरू भत्किएर , पहाडहरू हल्लिएर हिमालहरू हल्लिएर र देशै हल्लिएर कति मरे मरे ! कति आपत विपतमा परे परे ! सोह्र सत्र दिन सम्म घरले थिचिएका जीउँदै बाहिर निकालिए ,धरहराको टुप्पोवाट धरहरासंगै लडेका सरासर हिंडेरै गए । भित्रै चिच्याई रहनेहरू कति मरे मरे अझै लेखाजोखा छैन । पुरै देश रूँदा रूँदै मुर्छा परेको छ पानि हाल्ने मान्छे छैन मलाम जाने मान्छे छैन गाँवै सखाप भयो ! एतिहासिक सम्पदै सखाप भयो । हेर्नै नसकिने गरि क्षत विक्षत भयो त्यो सुन्दर वारपाक र त्यस्ता गाउँ र घरहरू कति गए गए जहाँ कोहि पुगेको छैन् कति रोए रोए र रूँदा रूँदै ढले पनि ।
नेपालीको ललाटमा भाविले सधै दु:ख पाउन लेखेकोले नै होला संसारले नदेखेको दु:ख , संसारले नभोगेको प्रसव पिडाले अकल्पनिय विनासकारी महा भुकम्प निम्त्यायो । नेपाली जनताले त सधैं दु:ख, पिडा, हत्या हिंसा, द्वन्द देखेकै थिए सहेकै थिए । तर यसपटक त संसारलाई सुख शान्ती दिने विधाता पनि यो कालजयी घडी हेर्न नसकेर देवी देवता लगायत धेरै धेरै इतिहाँसका धरोहर ध्वस्त भएर धुलोमा मिले भने सामान्य मानव त्यतिवेला के उठेर आउन सक्ने अवस्था रह्यो र ? बरु त्यहाँ भित्र रहेका भक्त्त जनहरु, देश प्रेमिहरु र वीर नेपालीहरुको चित्कार, रोदन र अर्को भयावह मृत्युलाई पशुपती नाथ भोले बाबाले पनि टुलुटुलु हेरिरहे केही गर्न सकेनन ।
वीर नेपालीहरु संसार बनाउन संसारकै यात्राामा यत्रतत्र छरिनेहरु ! व्रिटिश गोर्खा, हङकङ्, भारत लगायत शक्त्तिशाली देशको वन्दुक बोकेर रक्षा गर्ने वहादुर हातहरु त्यो कारुणिक चित्कारको आवाजले आँफ्ना कोमल मनहरु समाल्न सकेनन । बन्दुक बोक्नेहरूको हात काम्यो, कलम बोक्नेहरूको कलम हल्लियो श्रम गर्नेको तागत डगमगायो पाखुरा बजारनेहरूको पाखुरा विदेशी भुमीमै हल्लियो । त्यसरी आ -आफ्न ठाउँमा त्यही विदेशी भुमिमा स्वदेशको चित्कारको आवाजले संसार हल्लायो त्यसैले त आज संसारका छापाखानामा,मनमा, तनमा नेपालको चित्कार अग्र पन्क्त्तिमा आयो र संसारले एउटै आवाजले, एउटै शव्दले एउटै उद्देश्यले तनमन र धनले नेपाललाई सहयोग गर्छु भनेर प्रण गर्यो र विना सर्त नेपाल पुग्यो र पुग्ने र सहयोग गर्ने हातहरु रोकिएको छैन पनि । तर विडम्बनाको कुरा आफ्नै मातृभूमीको राजनीतिक पार्टिहरूको आवाज एउटै हुन सकेन र यो बिपदको घडीमा एकैठाउमा उभिन पनि सकेको छैन । तर देश रोइरहेको र रूँदा रूदै विचेत अवस्थामा पुगेको छ ।
नेपाल आमाको एउटै कोखिको घाऊ फरक फरक दिशामा उभिएको छ । आशा छ अब एउटै आवाज लिएर हातमा हात साथमा साथ र काधमा कांध मिलाएर सबैले अर्जुन दृष्टिले एउटै उद्देश्यका साथ एउटै गन्तव्यमा हिडने छन । त्यहि उदाहरणका साथ राहत र पुनर्निमाण गर्न गाउँ गाउँ जानेछन । जहाँँ आज सम्म कोही पुगेको छैन त्यहाँ नेपालका राष्ट्रीय नेताहरू विना सर्त एउटै आवाज़ र एउटै उद्देश्य वोकेर सर्वदलीय एकताका साथ जानेछन । विदेशमा वस्ने नेपालीहरू आ-आँफ्नो शक्ति र सामर्थ्यले भ्याए सम्मको सहयोग गर्नेछन् र गरि पनि रहेकै छन् । नेपाली आप्रवासी संघ NRN NCC को छातामुनि बसेर तेत्तिस लाख नेपालीले मुर्छित देशलाई उठाउन जाने छन् र जानै पर्छ र गएका पनि छन् । देशलाई सबैले आँफ्नो सीप आँफ्नो पसीना,मुल्य र आँफ्नो अनिवार्य उपस्थिति जनाउनै पर्ने वेला आएको छ ।
जसरी जापानमा दोस्रो विश्व युध्दमा हिरोशिमा र नागासाकीमा वम खसेर मरू भूमि भएको थियो । त्यस घटनाले गर्दा शक्ति सम्पन्न देश एकै पटक क्षत विक्षत भयो त्यस वेला सवै जापानीहरूले एउटै थलोमा उभिएर एउटै क़सम खाए “हामी एक मिनट पनि त्यसै खेर फाल्ने छैनौ ! अव हाम्रो जीवन भरको सम्पूर्ण समय देशका लागि हुनेछ ” त्यस पछि जापानले ठूलो फड्को मार्यो ! जापानलाई कति आपत आयो कति विपत आयो सुनामी र भुईंचालो आयो के के आयो आयो तर सवै मिलेरै टर्यो !
त्यसैले हामी हरेक नेपालीले अव जापानीहरूले जस्तै प्रण गरेर अगाडी बढ्नु छ । मुर्छित देशलाई उठाउनु छ । संसारको उच्च शीर सगरमाथामा वसेर तपस्या गर्दै गर्नु भएको भगवान वुध्द हामीसंगै हुनुहुन्छ । माता जानकी सीता हामीसँगै हुनुहुन्छ । हामी झण्डै तीन करोड़ पचास लाख नेपाली भए पनि कतिले हामीलाई छोडेर जानु भयो । अव जति हामी छौं एकै ठाउँमा उभिएर सवै हामीलाई छोडेर जाने दाजु भाइ दिदी, वहिनीका दिवंगत आत्मा प्रति हार्दिक श्रद्धान्जली दिंदै चोट पटक लाग्नु भएका तथा घायल हुनुहुने सम्पूर्ण नेपालीहरूलाई स्वस्थ लाभको कामना गर्दै एकले अर्कोलाई सहयोग गर्दै मुर्छित देशसंगै सम्पूर्ण एेतिहाँसिक सम्पदा लगायत घर वाटो सबै सबै उठाउने प्रण गर्दै फेरि एक पटक मातृभूमिका लागि विनासर्त जुटने प्रण गरौ ।
– सर्बज्ञ वाग्ले नवनिर्वाचित मिडियाकोर्डिनेटर एनआरएन एनसीसी युएसए
प्रतिक्रिया