धादिङ, २४ जेठ । सरकारले मानव स्वास्थ्यका लागि हानिकारक भनेर घोषणा गरेको विभिन्न प्रकारको खानेतेल बजारमा बिक्रीवितरण भइरहेको पाइएको छ । खाद्य प्रविधि तथ गुण नियन्त्रण विभागले केही उद्योगको खानेतेल मानव स्वास्थ्यका लागि हानिकारक जनाई प्रयोग नगर्न भने पनि बजारमा बिक्री भइरहेको छ । अखाद्य खानेतेल बिक्रीवितरण भइरहेका अवस्थामा सदरमुकाममा फेला परेको उपभोक्ताले जानकारी दिएका छन् ।
उपभोक्ता संरक्षण ऐनमा गुणस्तरहीन उपभोग्य वस्तु उत्पादन र बिक्री गर्नेलाई रु ५० हजार जरिवाना र दुई वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । यस्ता उत्पादनले कसैको ज्यान गएमा उद्योगीलाई रु पाँच लाख जरिवाना वा १४ वर्ष कैद हुने व्यवस्था छ ।
यस्ता तेलको सेवनबाट झाडापखाला, टाइफाइड, कमलपित्त, पाचन प्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्न सक्ने भएकाले सचेत रहन वाणिज्य विभागले सबैलाई अनुरोध
गरेको छ । रासस
प्रतिक्रिया