रातारात हटाइयो विद्यालयको रातो स्टिकर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ जेष्ठ २०७२, आईतवार १०:१७

red sticker

 

काठमाडौं, २४ जेठ । जिल्ला शिक्षा कार्यालयले गत साता त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माध्यमिक विद्यालयको एउटा भवनमा असुरक्षित भन्दै रातो स्टिकर टाँसेको थियो । बुधबार विद्यालय पुग्ने विद्यार्थीले उक्त स्टिकर देखेनन् ।

किन रातो लगाइयो, कसले हटायो भन्नेमा शिक्षक विद्यार्थी अन्योलमा परे । ‘स्वयम्सेवकले रातो स्टिकर लगाइदिएका रहेछन् । पछि इन्जिनियरलाई देखाउँदा मर्मतसम्भार गरेर कक्षा चलाउन मिल्छ भनेपछि हटायौं,’ विद्यालयका प्रधानाध्यापक निर्मल गिरीले तर्क गरे, ‘शिक्षा कार्यालय र अरु इन्जिनियरलाई देखाउँदा केही फरक पर्दैन भन्ने सुझाव पाइयो ।’
शिक्षा कार्यालयका इन्जिनियर गिरिधर मिश्रले रातो स्टिकर हटाउने कुनै निर्णय नभएको बताए । विद्यालय प्रशासनले हरियो स्टिकर लगाइदिन भन्दै बारम्बार फोन आएको शिक्षा कार्यालयले जनाएको छ । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१