एनआरएन एनसिसि युएसएको प्रेस-विज्ञप्ति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ जेष्ठ २०७२, आईतवार ०९:४५
NRN NCC USA ले आफ्नो आगामी कार्यक्रमका सम्बन्धमा प्रेस बिज्ञप्ति जारी गरेको छ  । प्रेस विज्ञप्तिमा उक्त कार्यक्रममा NRN NCC USA का निवर्तमान पदाधिकारीहरूलाई बिदाइ तथा धन्यवाद एवम् NRN ICC का पदाधिकारीहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको बताईएको छ  ।
प्रेस बिज्ञप्ति 
NRN NCC USA को June 13,2015 मा हुने केन्द्रीय समितिको बैठक मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने भएको छ । सो बैठकमा NRN NCC USA ले आफ्नो नीति तथा कार्यक्रमको विषयमा बृहत् छलफल द्वारा सो प्रकाशमा ल्याउने छ । सोही दिनमा अमेरिकाको लागि नव नियुक्त राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा Town Hall Meeting कार्यक्रम पनि राखिएको छ । NRN NCC USA का सम्पूर्ण साधारण सदस्यहरू,आजीवन सदस्यहरू, बुद्धिजीवी,पत्रकार,कलाकार ,विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू,लव्ध प्रतिष्ठित व्यक्तिहरूलाई हार्दिक आमन्त्रणका साथ अमूल्य सल्लाह र सुझावहरूको पनि अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा NRN NCC USA का निवर्तमान पदाधिकारीहरूलाई बिदाइ तथा धन्यवाद एवम् NRN ICC का पदाधिकारीहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ । DC मेट्रो क्षेत्र वरपर र बाल्टिमोर क्षेत्र वरपरका विभिन्न नेपाली सङ्घ संस्थाहरूको विशेष सहभागिता हुने सो कार्यक्रममा NRN NCC USA केन्द्रीय समिति, मेरिल्याण्ड च्याप्टर,भर्जिनिया च्याप्टर विशेष तयारीमा जुटेको छ । NRN NCC USA का अध्यक्ष डा.केशव पौडेलको अध्यक्षतामा June 2, 2015 मा बसेको Conference Call Meeting मा अध्यक्ष द्वारा सम्पूर्ण केन्द्रीय पदाधिकारी,स्थानीय च्याप्टरका पदाधिकारीहरूलाई कार्यक्रम अर्थपूर्ण र सफल बनाउन आवश्यक निर्देशन दिइएको छ ।
सर्बज्ञ वाग्ले
मिडिया कोर्डिनेटर
एनआरएन एनसिसि युएसए

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१