अझै बढ्न सक्छ उपत्यकाको तापक्रम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ जेष्ठ २०७२, आईतवार ०९:३३
  • उपत्यकामा हिजो तीन वर्षयताकै उच्च गर्मी

काठमाडौं,२४ जेठ ।काठमाडौं उपत्यकामा शनिबार तीन वर्षयताकै उच्च गर्मी भएको छ । मौसम पूर्वानुमान महाशाखाले उपत्यकाको तापक्रम शनिबार ३५ डिग्री सेल्सियस मापन  गरेको छ । शुक्रबार उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस थियो ।

 

‘एक दिनमै ३ डिग्री सेल्सियस तापक्रम बढ्न् सामान्य होइन,’ मौषमविद् वरुण पौडेलले भने,‘सोमबारसम्म पानी पर्ने सम्भावना नरहेका कारण तापक्रम अझै बढ्ने सम्भावना पनि छ ।’

महाशाखाले १३ जुन ०१२ मा उपत्यकाको तापक्रम ३५ दशमलब दुई डिग्री सेल्सियस रेकर्ड गरेको थियो । त्यसपछिका वर्षमा उपत्यकामा उच्चतम् ३३ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम थियो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१