विराटनगरमा सर्वसाधारण घरबाट वाहिर निस्कन समेत छाडे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७१, बुधबार ०५:३२

विगत केही दिन यता सापेक्षिक आद्र्रता बढेका कारण पूर्वी तराईमा अत्यधिक गर्मी महसुस हुन थालेको छ । अत्यधिक गर्मीकै कारण जनजीवन समेत प्रभावित बन्दै गएको छ । बिहानै देखि तापक्रम बढेकाले सर्वसाधारणहरु घर बाहिर निस्कन छाडेका छन् । पछिल्लो तथ्यांक अनुसार विराटनगरको अधिकतम तापक्रम ३९ दशमलब ५ डिग्री सेल्सियस सम्म पुगेको छ । विगत एक साता देखि तापक्रम बढ्दै गएको हो । बिहानकै तापक्रम पनि २९ डिग्री सेल्सियस सम्म रहने गरेको कोशी बेसिन कार्यालयले जनाएको छ । अहिले सम्म बैशाख ३१ गतेका दिन विराटनगरको तापक्रम साढे ३९ डिग्री सेल्सियस सम्म पुगेको थियो । तापक्रम बढेका कारण भन्दा पनि सापेक्षिक आद्र्रता बढेका कारण बढी गर्मी महसुस हुन थालेको कोशी बेसिन कार्यालयकी प्राविधिक पूनम दाहालले बताइन् । बढ्दो गर्मी संगै आइसक्रिम, कुल्फी र सातुको विक्री पनि बढेको छ भने नरिवल पानी पीउनेहरु पनि प्रशस्तै बढेका छन् । गर्मीबाट बच्न तरबुजा र उखुको रस पनि पिउने गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१