संसारकै सबैभन्दा धनी खेलाडी, ७१ करोड ६५ लाखका गाडी मात्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७२, शनिबार १८:५४
एजेन्सी । तपाइँलाई थाहा छ संसारका सबैभन्दा धनी खेलाडी को हुन् ? करोडपतिका पनि करोडपति यस्ता खेलाडी हुने अमेरिकाका बक्सर फ्लोयड मेवेडर ।
 wealthiest player of the world उनका गाडीको सूचीबारे थाहा पाउँदा तपाइँलाई अचम्म लाग्न सक्छ । संसारकै सबैभन्दा धनड्य यी खेलाडीसँग ४ दशमलव ५८ मिलियन पाउण्ड अर्थात ७१ करोड ६५ लाख भन्दा बढीका त कार मात्र छन् । उनले गत महिना ‘फाइट अफ दि सेन्चुरी’ अर्थात शताब्दीको लडाइँ भन्ने प्रतियोगिताबाट मात्र १ सय २० मिलियन पाउण्ड कमाएका थिए ।
 फ्लोयड मेवेडर सबैभन्दा धनी खेलाडी भएको कुरा उनले आफ्ना गाडीबारे जानकारी दिएपछि झनै खुलस्त भएको हो । फ्लोयड मेवेडरको साथमा संसारकै सर्वाधिक महंगो मानिएका २ बुगाटी गाडी, २ रोल्स रोयस, १ मर्सिडीज मेब्याच, २ मर्सिडीज G63 AMG V8 Biturbo, १ लाम्बोर्घिनी Aventador LP700-4 Roadster जस्ता गाडी छन् ।
 wealthiest player of the world 1 उनले पछिल्लो महिना लास भेगासमा MGM ग्रण्ड मरीनामा फिलिपिन्सका म्यानी प्याक्वेलाई हराएर ‘फाइट अफ द सेन्चुरी’ जितेका थिए । डेली मेलले जनाए अनुसार उनीसँग १०० कार छन् । उनका कार सबै सेतो रंगका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१