राष्ट्रिय युवा परिषद, नेपाल द्वारा नुवाकोटमा शैक्षिक सामग्री बितरण (फोटो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७२, शनिबार ०५:५८

???????????????????????????????   नुवाकोट,२३  जेठ । बिनासकारी भुकम्पले नेपालको भौतिक, मानविय र धार्मिक साँस्कृतिक धरोहरहरु धेरै जस्तो क्षति भई नेपालको इतिहासमा नै ठुलो झट्का दिएको छ । भुकम्पबाट ८७०६ को मृत्यु, २२,२२० घाईते भएको छ त्यस्तै गरी १४३८ सरकारी भवनहरु पूर्ण रुपमा क्षति भएको छ । यसै भित्र बिभिन्न सरकारी र प्राईभेट स्कुलहरु पनि पूर्ण रुपमा क्षति भई हाल बिद्यार्थाीहरु कक्षाकोठा बाहिर अध्ययन गर्न बाध्य भईरहेका छन् । यसै कुरालाई मध्यनजर गर्दै राष्ट्रिय युवा परिषद, नेपालले बिद्यार्थीहरुलाई एक बर्षको लागि आवश्यक पर्ने बिभिन्न शैक्षिक एवम् खेलकुदको सामग्रीहरु दिई उनीहरुको शैक्षिक स्तर माथि उठाउने प्रयास गरेको  छ ।???????????????????????????????
नुवाकोट जिल्लामा अवस्थित श्री पारिजात प्राथामिक बिद्यालय र श्री बिद्या निकेतन प्राथामिक बिद्यालयको कुल १०० बिद्यार्थीहरुलाई १ बर्षको लागि आवश्यक सम्पूर्ण शैक्षिक सामग्रीहरु दिई उनीहरुलाई उत्प्रेरित गरेका छन्  । यी दुबै बिद्यालयलाई  खेलकुदको सामग्रीहरु पनि हस्तान्तरण गरी अस्थाई रुपमा चलिरहेको अफिस कोठामा एक थान सम्पूर्ण अफिसको सामग्रीहरु पनि हस्तान्तरण गरेका थिए  र शिक्षकहरुलाई उत्प्रेरित गराउनको लागि उनीहरुलाई कलम, नोट बुक र सानो डायरी समेत दिएका छन्  ।
बिद्यालयका बिद्यार्थीहरुलाई सामग्रीहरु हस्तान्तण पछि बिद्यार्थाीहरु  निकै खुशि भएका थिए । राष्ट्रिय युवा परिषद, नेपालका अध्यक्ष सरोज बानियाले  आगामी दिनहरुमा अझै ठुलो सहयोगगर्ने भन्दै  उक्त कार्यक्रममा बिद्यालय व्यवस्थापनको अध्यक्ष, प्रिन्सिपल , शिक्षकहरु र अबिभाबकहरु उपस्थित भई सहयोगी संस्था र व्यक्तिहरुलाई धन्यबाद दिएकोमा खुसि बेक्त गर्नुभएको थियो  ।
हस्तान्तरण गरेको सामग्रीहरु
बिद्यार्थीको लागि ः
१. कपि
२. डटपेन
३. सिसाकलम
४. जोमेट्रिक बक्स
५. कलर
६. इरेजर
७. स्केल
८. सापनर
बिद्यालयको लागि ः
१. सेतो पाटि
२. मारकर
३. मारकरको मसि १ बर्षको लागि पुग्ने गरी
४. टेबुलमा कागजात राख्ने फोल्डर
५. क्यालकुलेटर
६. स्टयाबलर सानो र ठुलो साथै पिन पनि बर्षको लागि पुग्ने गरी
७. डस्टर
८. फुटबल
९. भलिबल
१०. पम्प –हावा हाल्नको लागि
११. व्याडमिन्टन र कक पनिIMG_20150605_150525

शिक्षकहरुको लागि ः
१. कालो पेन
२. रातो पेन
३. नोट बुक
४. सानो डायरी???????????????????????????????

राष्ट्रिय युवा परिषद, नेपालका अध्यक्ष बानियाले बोल्दै सम्पूर्ण सहयोग गर्ने बिभिन्न संघ संस्थाहरु र व्यक्तिहरु प्रति धन्यबाद दिन चाहन्छौ । यस अभियानलाई सहयोग गर्नेहरुमा मास्टर फाउन्डेसन, श्री चण्डिका टुर्स एण्ड ट्राभल्स, किरण उत्कृष्ट ढुवानी सेवा बालाजु , हाल जापानमा कार्यरत नबराज बस्नेत र साथीहरु पुर्ण रुपमा धन्यबाद दिदै आगामी दिनहरु अझै ठुलो सहयोग अपेक्षा हामीले गरेका छौ । यस अभियान लाई समन्वयकारी भुमिका निर्वाह गरी सहयोग पु¥याउने जिल्ला बिकास समितिको कार्यलय नुवाकोटलाई पनि धन्यबाद दिन चाहान्छौ । आगामी दिनमा पनि ठुलो सहयोग गर्ने बचन समेत गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१