जोखिमका बस्तीलाई वर्षाअघि नै सुरक्षित स्थानमा ल्याउन राष्ट्रपतिको आग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७२, शुक्रबार १६:४२

काठमाडौं,२२ जेठ । राष्ट्रपति डा रामवरण यादवले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको भ्रमण गरेका छन्। नेपाली सेनाको हेलिकप्टरद्वारा आज चौतारास्थित गोरखनाथ गणमा पुग्नुभएका राष्ट्रपति डा यादवले भूकम्पपछि जिल्लामा भइरहेको उद्धार र राहत वितरणबारे सो गणका गणपति सुरेश कार्की र प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीसँग जानकारी लिएको प्रहरी नायब उपरीक्षक दीपक खरेलले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी ज्ञवालीले जिल्लामा राहत वितरण कार्य निष्पक्ष रुपमा भइरहेको र जिल्लाका सबै गाविसमा खाद्यान्न, त्रिपाललगायतका सामग्री पुगेको राष्ट्रपति डा यादवलाई जानकारी गराए। राष्ट्रपति डा यादवले राहत वितरण कार्य निष्पक्ष रुपमा गर्न आग्रह गर्दै जिल्लाका विकट बस्तीमा पनि राहत पुर्‍याउन सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गरे।

वर्षा सुरु हुने समय भएकाले विकट क्षेत्रमा वर्षाअघि नै पर्याप्त रुपमा खाद्यान्न जगेडा गर्नसमेत राष्ट्रपति डा यादवले उहाँहरुको ध्यानाकर्षण गराएका थिए। उद्धार, राहत वितरण, जोखिममा परेका बस्ती र स्थानान्तरण गर्नुपर्ने पीडितका समस्याबारे जानकारी लिँदै राष्ट्रपति डा यादवले जोखिमका बस्तीलाई वर्षाअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल थाल्न आग्रह गरे। रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१