उस्तै छन् महिला हिंसाका घटना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७२, शुक्रबार १४:०४

हिड्दैछ पाईला मेट्दैछ भने झै एकातिर महिला विकासका निम्ति धेरै कुराहरु उठिरहेका छन् । भने अर्कोतिर महिला हिंसा का घटनाहरु झन् सहज रुपमा भैरहेकाछन् । हिसां भनेर यौन हिसां नै हुनुपर्छ यात घर निकाला नै हुनुपर्छ भन्ने होईन । हिसांका विभिन्न किसिम मध्ये महिलालाई मानसिक यातना दिनु पनि हिसां हो । तर महिला हिसांको अन्त्यको लागि महिलाहरु जुटिरहेकाबेला केहि गरेर खान सक्ने महिलाहरुको महिलाले मात्र होईन पुरुष ले पनि खुट्टा तानिरहेको अवस्था छ । हुनत गर्नेले गरिरहेका छन् भन्नेहरु पनि प्रसश्त भेटिन्छन् । तर कुनै पनि काम गरेपछि पाउने फल नमिठो र प्रभावकारी हुन नसकेपछि त्यस्तो काम गर्नु औचित्यहिन हुदो रहेछ । जुन काम र मिहेनतको नत उचित मुल्याङकन हुन्छ नत पारिश्रमिक नै ।
refनेपालमै बसेर दिनभर काम गरेर खानेहरुलाई दिनभर को काम त छदैछ त्यसमाथि ठुलाबडाको अगाडि सिर उठाएर हिड्न नपाउनु पनि हिसां हो । ईलाका प्रहरी कार्यालय बुटवलको तथ्यांङक अनुसार २०७०-७१ फागुनसम्म घरेलु हिसांमा परेका महिलाहरु १३५, जवरजस्ती करणी २४, जवरजस्ती करणी १०, मानव बेचबिखन तथा ओसारपसार ३, बैदेशिक रोजगारका क्रममा अलपत्र परेका तथा बेचबिखनमा परेका लाई भारतवाट उद्धार गरीएका ४२, भारतीय सीमाबाट फर्काइएका ७२, बहुबिबाह ११, कर्तव्य ज्यान ५, बोक्सी १, आत्महत्या ४१, हराएका महिला ४ , ठाडो उजुरी ११० महिला हिसांका उजुरी परेका छन् । यसरी दिन दिन यस्ता घटना घटेका छन् । यसरी पनि प्रष्ट भएको छ महिला हिसां न्यूनीकरणका कार्यक्रमहरु उपलव्धीमुलक छैनन् भनेर ।
भनाई एउटा गराई एउटा भैरहेको अवस्थामा कता – कता जानेकै व्यक्तिहरुबाट यस्ता घटनाहरु बढि भैरहेको अनुभुति हुन्छ । यस्ता घटनाहरु घट्नु मा आखिर को बढि भागेदार छ त ? कारणहरु धेरै छन् त्यसमध्ये पुरुषको असहयोगले सबैभन्दा ठुलो भुमिका खेलेको छ । यसो भन्दैमा सबै पुरुष उस्तै हुन्छन् भन्न खोजेको भने होईन र महिलाले यस्ता घटना भएका छैनन् भनेको पनि होईन । कुरा हो महिला हिसाँ कसरी भएको छ ?महिला महिलाबाट संस्कारको रुपमा रुढिबादि सोचाईद्धारा पिडित भएका छन् । हुनत यसले पनि सीगों जिवनलाई असर गरेको छ । तरपनि काम गर्ने महिलाहरु पछि परेका छैनन् । पुरुषहरुले भने सिगों जीवनलाई दाग लगाउने काम मात्र होईन गर्न लागेका कामहरु पनि रोक्ने काम गरीरहेका छन । महिलाहरु आफ्नो परिवारलाई एक वनाई हासेर विताउन चाएका छन् तर पुरुषहरुभने संकाको भरमा आफुलाई मन लागेको गरिरहेका छन् भन्नुहुन्छ सिदार्थ क्याम्पसकि विधार्थि सुष्मा क्षेत्री । त्यस्तै महिलाहरु का यस्ता घटनाहरुलाई राज्यले नै वेवास्ता गरेको र कानुनले पनि छुट्कारा दिएकोले यस्तो घटना भएको हो भन्नुहुन्छ लेखक तथा पत्रकार माया गौतम । त्यस्तै हाम्रो समाजमा हरेक पुरुषहरुले हाम्रो लागि जस्तोसुकै कामको लागि पनि छुट्कारा छ । हाम्ले गर्ने काम महिलालाई सुम्पिनु हुदैन भन्ने संकुचित सोचाईले गर्दा पनि यस्ता घटना घटेका हुन् । विश्वास नहुनाले यस्ता घटना घटेको छ भन्नुहुन्छ गोलपार्क बुटवलमा वस्ने माया घिमिरे । धेरै महिलाहरुको एउटै कारण बताउछन् त्यो हो पुरुष आफुले अरु महिलालाई हेर्ने दृष्टिकोण परिपर्तन गर्न नसक्नु मुख्य कारण बनेको छ । यसरी सबैको विचारलाई हेर्ने हो भने पनि हामी प्रष्ट बुझ्न सक्छौ जबमस्म पुरुषले आफ्नो सोचाई परिवर्तन गर्न सक्दैनन् तबसम्म महिलामाथी हुने यस्ता हिंसा अन्त्यको हामि कल्पना मात्र गर्नेहो पुरा हुन सक्दैन । पुरुषमा महिलालाई मौका दियौ भने अवश्य गर्न सक्छन् त्यसैले हामिले सघाउनु पर्छ भन्ने सोचाई भएमा लैङ्गीक हिसां अनत्य हुनेछ । त्यस्तै हरेक महिलालाई आफ्नो घरको सदस्य सम्झेर ईज्जत मान र सम्मान दिने हो भने यस्ता यौन हिंसाहरुको अन्त्य हुनेछ ।
-बिन्दु थापा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१