सन्देश र सद्भावलाई विश्वभर फैलाउन सद्भावना सम्मेलन–२०१५ हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७२, शुक्रबार १३:१७

अमेरिका,२२ जेठ । बुद्धको शान्तिको सन्देश र सद्भावलाई विश्वभर फैलाउने उद्देश्यले युनिभर्सल मानव धर्म अफ यूएसएको आयोजनामा आगामी जुन २० र २१ तारिखमा सद्भावना सम्मेलन–२०१५ हुने भएको छ । यूएसएको टेक्सस राज्यको फर्ट वर्थ सहरस्थित OD WYATT high school मा आयोजना गरिने सम्मेलनमा परम्पूज्य सद्गुरुदेव सतपालजी महाराजले जीवन उपयोगी दर्शन तथा ज्ञानमय सन्देश दिनु हुनेछ । उक्त विशेष समारोहमा दिव्य विभूतिहरुको उपस्थिति रहने र आत्मअनुभवी सन्त-महन्तहरुले समेत प्रवचन दिनुहुने भएको छ ।

newsजून २० तारिख शनिबार मध्यान्ह १२ बजेदेखि ७ बजेसम्म र २१ तारिख आइतबार ११ बजेदेखि दिउँसो ३ बजेसम्म दुई दिनसम्म चल्ने सम्मेलनमा भक्तिमय भजन तथा विविध सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ । समारोहको शोभा बढाइ दिन र सद्भावना सम्मेलनमा सद्गुरुबाट आर्शीवादसहितको दिव्य ज्ञान ग्रहण गर्न आयोजकले सबै अमेरिकावासी नेपालीहरुमा अनुरोध गरेको छ ।

साथै, सम्मेलनमा सहभागी हुन चाहने महानुभाव एवम् केही जानकारी लिन चाहने सज्जनवर्गहरुलाई निम्न फोन नम्बरमा (८१६) २१८–६१२६, (८१७)८६२–००९२ र (६८२) ३६५–५७५७ सम्पर्क राख्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१