फिफाको बरियतामा नेपाल दुई स्थान तल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७२, शुक्रबार १२:५१

विश्व फुटबल महासङ्घ (फिफा)को बरियतामा नेपाल दुई स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियताअनुसार १८१ स्थानमा रहेको नेपाल १८३औँ स्थानमा पुगेको हो । छिमेकी मुलुक भारत छ स्थान फड्को मार्दै १४१औं स्थानमा पुगेको छ । योसँगै भारत दक्षिण एसियामा शीर्षस्थानमा पुग्न सफल भएको छ । अघिल्लो महिना शीर्षस्थानमा रहेको अफगानिस्तान भने १६ स्थान तल झर्दै १५१औँ स्थानमा पुगेको छ । त्यस्तै, भुटान चार स्थान माथि उक्लँदै १५९ मा, बङ्गलादेश तीन स्थान चढ्दै १६६ मा छ भने त्यत्तिनै स्थान माथि चढेको पाकिस्तान १७० स्थानमा पुगेको छ ।

footballमाल्दिभ्स भने ३८औँ स्थान तल झरेर १७७ औँ स्थानमा चित्त बुझाउन बाध्य हुँदा श्रीलङ्का दुई स्थान बढुवा हुनाका बाबजुद १८६औँ स्थानमा रहँदै दक्षिण एसियाको बरियताको पुछारमा रहेको छ । बरियताको शीर्षस्थानमा विश्व विजेता जर्मनी कायम रहँदा बेल्जियम दोस्रो स्थानमा उक्लेको छ । विश्वकपको उपविजेता अर्जेन्टिना एक स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ भने कोलम्बिया र ब्राजिल आफ्नो पुरानै स्थानमा क्रमशः चौथो र पाँचौंमा छन् ।
त्यसैगरी, नेदरल्यान्ड्स, पोर्चुगल, उरुग्वे, फ्रान्स र स्पेन क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१