बिर्तामोड, २२ जेठ । ‘एउटै पृथ्वी, सात अर्ब सपनाः दिगो उपयोग हाम्रो चाहना’ भन्ने नाराका साथ आज शुक्रबार विश्व बातावरण दिवस मनाइयो । उक्त दिवसको अवसरमा वीरता जेसीजको अयोजनामा जेसीज वनमा वृक्षरोपण तथा अन्तरक्रिया सम्पन्न भएको छ । शनिअर्जुन, दुहागढी र धाइजनको संयुक्त प्रगति सामुदायिक वन क्षेत्रमा सो समूह र बीरता जेसीजद्वारा प्रवद्र्धित वन क्षेत्रको खाली भूभागमा वृक्षरोपण गरिएको हो । वीरता जेसीजका अध्यक्षभक्तराज भारतीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वृक्षरोपण गरी प्रमुख अतिथि जिल्ला वन कार्यालय झापाका प्रमुख इन्द्रमणि भण्डारीले गरे । कार्यक्रम संयोजक एवम् बीरता जेसीजका कानुनी सल्लाहकार एकराज गिरीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष प्रकाश अधिकारी, प्रगति वनका उपाध्यक्ष तेजबहादुर सुवेदी, बीरता जेसीजका पूर्वै अध्यक्ष निर्मल भट्टराई, कालिका निमावीका शिक्षक नेत्रप्रसाद खतिवडा, कालिका युवा क्लबका अध्यक्ष अमित राईले मन्तव्य राखेका थिए ।
बीरता जेसीजका महासचिव बीरबहादुर दर्नालले सञ्चालन गरेको कार्यक्रममा आस्थावाचन उपाध्यक्ष यम विमलीले गरेका थिए । उक्त अवसरमा विभिन्न जातका दुई सय बढी विरुवा रोपिएको छ ।
उक्त स्थानमा दुई हजार विरुवा रोपिने र जिल्ला वन कार्यालयले निःशुल्क रुपमा विरुवा उपलब्ध गराउने सहमति भएको अध्यक्ष भारतीले जानकारी दिए । उक्त अवसरमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुट्टाबारी पूर्व देउनीया पूल नजिक जेसीज वन प्रवेश मार्गमा राखिएको बोर्डको समेत प्रमुख अतिथि भण्डारीले अनावरण गरे ।
कार्यक्रममा बीरता जेसीजका पूर्व अध्यक्षहरु मदन ढकाल, वेदप्रकाश अग्रवाल, सुरेश अग्रवाल, शिव अग्रवाल, आनन्द कुमार बस्नेत, वीरता लेडी जेसीजकी अध्यक्ष पार्वता विमली, पूर्व अध्यक्ष राधा सुब्बा, कालिका निमावीका प्रधानाध्यापक बालबन्धु रिजाल, अलैची व्यवसायी महासं्घका महासचिव ओमकृष्ण विमली, संगीतकार हस्त परियार तथा बलप्रसाद कोइराला, लोकचन्द्र श्रेष्ठ, रवि श्रेष्ठ , रञ्जन बस्नेत लगायतको आतिथ्य थियो ।
वृक्षरोपण शुरु हुनु अघि कालिका निमावीका विद्यार्थी तथा शिक्षक ¥याली सहित कार्यक्रम स्थल पुगेका थिए ।
प्रतिक्रिया