कोरियाली भाषा परीक्षा असोज दुई र तीन गते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७२, शुक्रबार १०:२२

काठमाडौं, २२ जेठ । भूकम्पको कारण पटक पटक रोकिएको कोरियाली भाषा परीक्षा यही असोज दुई र तीन गते हुने भएको छ । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयको इपिएस कोरिया शाखाका अनुसार दुवै दिन परीक्षा दुई सिफ्टमा आयोजना गर्न सकिने छ ।

koriyaपहिलो सिफ्टमा बिहान ८ः३० बाट र दोस्रो सिफ्ट दिउँसो १ बजेबाट सुरु गरिने इपिएस कोरिया शाखाले जनाएको छ । यसवर्ष उत्पादनमुलक क्षेत्रतर्फ ४ हजार ९ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २ हजार २ सय गरी ७ हजार १ सय हाराहारीमा परीक्षार्थीहरु उत्तीर्ण गरिनेछन् । भाषा परीक्षाको परीक्षाफल यही असोज २१ गते प्रकाशत गरिने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१