म्यागी चाउचाउ विक्री वितरणमा रोक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७२, शुक्रबार १०:१२

maggiकाठमाडौं,२२ जेठ । सरकारले म्यागी चाउचाउको आयत र विक्री वितरणमा रोक लगाएको छ । चाउचाउमा अखाद्य वस्तुको मिसावट रहेको पाईएपछि सरकारले विक्रीवितरणमा रोक लगाएको हो । अखाद्य वस्तुको मात्रा वढी पाईएपछि भारतका विभिन्न राज्यमा समेत चाउचाउको विक्रीमा रोक लगाईएको छ । भारतमा उत्पादीत चाउचाउको नेपालमा पनि आयत र विक्रीमा रोक लगाईएको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोईरालाले जानकारी दिनुभयो ।

चाउचाउमा अखाद्य वस्तुको मिसावट सम्वन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अहिले नमुना परिक्षण गरिरहेको छ । भन्सार वा गोदाम जहाँ भएपनि म्यागी चाउचाउ विक्री नगर्न र वजारबाट नियन्त्रणमा लिन विभाग कर्मचारीलाई निर्देशन दिईएको कोईरालाले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१