चीनले अमेरिकाको आरोप

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७२, शुक्रबार १०:१०

एजेन्सी । अमेरिकामा भएको साईबर हमलाबाट महत्वपूर्ण सरकारी सूचना चुहावट भएको छ । ४० लाख सरकारी कर्मचारीसँग सम्बन्धित जानकारी साईबर मार्फत चोरिएको बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीले चीनद्वारा हमला भएको आशंका गरेका छन् । अफिस अफ पर्सनल म्यानेजमेन्टले अप्रिल महिनावाट नै आफ्नो कम्पुटरमा संदिग्ध गतिविधि हुन थालेको दावी गरेको छ ।

cyberसो संस्थाले प्रत्येक वर्ष सरकारी जागिरका लागि आवेदन दिने व्यक्तिको पृष्ठभुमि जाँच गर्ने गर्दछ । अधिकारीले कार्यरत र पूर्व कर्मचारीलाई पनि यस साईबर हमलाका बारेमा जानकारी दिइने बताएको छ । एफबीआइले यस घटनाका बारेमा छानवीन गरिरहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटना भए लगत्तै अमेरिकी सांसदले कम्प्युटर नेटवर्कको सुरक्षा सुधारका लागि माग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१